ब्रिसबेन: अष्ट्रेलियालाई एशेज २०२५-२६ सीरीजको दोस्रो टेस्ट अघि ठूलो झट्का लागेको छ। टीमका नियमित कप्तान प्याट कमिन्स ब्रिसबेनमा खेलिने दोस्रो टेस्ट म्याचमा पनि खेल्न सक्नेछैनन्। क्रिकेट अष्ट्रेलियाले यस खबरको पुष्टि गर्दै दोस्रो टेस्ट म्याचको टीममा कुनै फेरबदल नगरिने जानकारी दियो। यसरी स्टीव स्मिथलाई फेरि एकपल्ट टीमको कप्तानी गरिरहेको देखिनेछ। कमिन्स गत केही समयदेखि रिह्याब (पुनर्वास)-को प्रक्रियामा रहेका छन्। उनी ब्रिसबेन टेस्ट म्याचसम्म फिट हुने आशा गरिएको थियो कारण उनले केही समय गुलाबी बलको साथ अभ्यास पनि गरेका थिए। एउटा साक्षात्कारमा कमिन्सले भनेका थिए, सबै कुरा सही दिशामा रहेको छ। यसैकारण अघिल्लो टेस्ट म्याचमा खेल्न म ५०-५०-को स्थितिमा छु। चाँड़ै फर्किने आशा गरेको छु। यसबीच टीम म्यानेजमेण्ट र मेडिकल टीमले चाहिँ अहिले हतार नगरेर उनलाई फिटनेस हासिल गर्ने समय दिने फसेला गरेको छ। मुख्य प्रशिक्षक एण्ड्रू म्याकडोनाल्डले भने, अभ्यासको समय गति र जोश असल थियो तर शरीरलाई म्याचको दबाउ सहने लायक बनाउनु पनि जरूरी छ। हामी जोखिम उठाउन चाहँदैनौ। कमिन्स मात्र नभएर जोश हेजलवुड र शन एबट पनि यस टेस्ट म्याचबाट बाहिर रहनेछन्। यी दुईजना पनि चोटसँग जुझिरहेका छन्। अष्ट्रेलियाले सीरीजमा १-०-को बढ़त हासिल गरेको छ। ब्रिसबेनमा ईंग्ल्याण्डले सीरीजमा पुनरागमन गर्ने प्रयास गर्नेछ भने अष्ट्रेलिया आफ्नो बढ़तलाई मजबूत बनाउने लक्ष्य लिएर ओर्लिनेछ।
ब्रिसबेन टेस्ट म्याचको निम्ति अष्ट्रेलियाको टेस्ट टीम यसप्रकार छः
स्टीव स्मिथ (कप्तान), स्कट बोलाण्ड, एलेक्स केरी, ब्रेण्डन डगेट, क्यामरन ग्रीन, ट्रेविस हेड, जोश ईंग्लिश, उस्मान ख्वाजा, मार्नस लाबुशेन, नाथन लायन, माइकल नेसर, मिचेल स्टार्क, ज्याक वेदराल्ड, ब्यू वेबस्टर।










