रुसी राष्ट्रपति पुतिन काे भारत भ्रमण

7363766_0_0_3169_1784_640x0_80_0_0_b9872656c7897390e27a8ca1cf093fe4

मस्को: रुसी राष्ट्रपति व्लादिमीर पुतिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति व्लादिमीर पुतिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमण गर्नुहुनेछ। राष्ट्रपति पुतिन २३औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ।’
भ्रमणका क्रममा राष्ट्रपति पुतिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
राष्ट्रपति व्लादिमीर पुतिनको अन्तिम भारत भ्रमण डिसेम्बर सन् २०२१ मा भएको थियो। यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध शुरु भएदेखि पुतिनले भारतको भ्रमण गरेका छैनन्। सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा आयोजित जी-२० शिखर सम्मेलनमा पुतिन पनि उपस्थित भएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement