नागरिक बचाउ दल का अध्यक्ष माधब कल्पित अभियान बाट अलग

IMG-20251128-WA0084

बिर्तामोड़: ‘नागरिक बचाउ महाअभियान’ का पूर्व केन्द्रीय प्रवक्ता तथा नब गठित नागरिक बचाउ दल नेपालको पार्टी सभापति बनेका माधव कल्पितले अभियानका सबै पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले नवंबर २७ देखि दलको सभापतिको भूमिकामा रहनुपर्ने भएकाले अभियानतर्फ समय दिन नसक्ने भन्दै राजीनामा घोषणा गरेका हुन्।अध्यक्ष दुर्गा प्रसाईलाई बुझाएको पत्रमार्फत कल्पितले आफूलाई कलाकारदेखि अभियान काेप्रमुख स्वकिय सचिव हुँदै केन्द्रीय प्रवक्तासम्मको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गरेका छन्। तीन वर्षको अवधि अभियानसँग ‘पारिवारिक निकटतामा बिताएको समय’ जीवनकै महत्वपूर्ण अनुभव रहेको भन्दै उनले अभियानप्रति कृतज्ञता व्यक्त गरेका छन्।“आपसी माया, सद्भाव र विश्वासका आधारमा नागरिक बचाउ दल नेपालको पार्टी सभापति जस्तो महत्वपूर्ण जिम्मेवारी पाएको छु। त्यसैले अब अभियानतर्फका जिम्मेवारीमा समय दिन सक्दिन,” उनले पत्रमा उल्लेख गरेका छन्।अभियानमा पाएको भरोसा, माया र आशिर्वाद भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै कल्पितले आजैबाट आफ्नो राजीनामा लागू हुने जानकारी गराएको पत्रमाउल्लेख छ।

About Author

Advertisement