काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज (बिहीबार) राजधानीमा लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट विरुद्ध पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।
पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल अपराह्न ४ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ।
रोहित कुमार पौडेलको कप्तानीमा लुम्बिनीले आज सुदूरपश्चिमको सामना गर्नेछ।
लुम्बिनीले अहिलेसम्म तीन खेल खेलेको छ, एउटा मात्र जितेको छ। लुम्बिनी अंक तालिकामा छैटौं स्थानमा छ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा सुदूरपश्चिमले लगातार तीन जितसहित अंक तालिकाको नेतृत्व गरिरहेको छ। टोलीको ६ अंक छ।
गत वर्षको विजेता अनिल शाहको कप्तानीमा रहेको जनकपुर र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आज प्रतिस्पर्धा गर्दैछन्। दुवैले दुई-दुई खेल हारेका छन्। त्यसैले, दुवै आजको खेल जित्ने लक्ष्यमा हुनेछन्।









