नयाँ दिल्ली: न्यायमूर्ति सूर्यकान्तले सोमबार राष्ट्रपति भवनको गणतन्त्र मण्डपमा भारतका ५३औँ मुख्य न्यायाधीशका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई औपचारिक रुपमा शपथ गराएकी छन्।
न्यायमूर्ति सूर्यकान्तले न्यायमूर्ति बी.आर. गवईको स्थान लिएका हुन्, जसको कार्यकाल २३ नोभेम्बरमा समाप्त भएको थियो। उनी आगामी ९ फेब्रुअरी, २०२७ सम्म, करिब ४ महिनाभन्दा बढी समयका लागि मुख्य न्यायाधीश रहनेछन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति सी.पी. राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय कानून तथा न्याय मन्त्री अर्जुन राम मेघवाल लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
प्रधानमन्त्री मोदीले शपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्वीट गर्दै भनेका छन्, “न्यायमूर्ति सूर्यकान्तकाे भारतका मुख्य न्यायाधीशका रूपमा शपथ ग्रहण समारोहमा सहभागी भएँ। उहाँको सफल कार्यकालका लागि मेरो शुभकामना।”









