गुवाहटी: कलकत्तामा पहिलो टेस्ट जित्ने दक्षिण अफ्रिकाले भारतविरुद्ध सीरीजको दोस्रो तथा अन्तिम टेस्ट म्याचमा पनि जीतको सम्भावनाहरूलाई मजबूत बनायो। दोस्रो टेस्ट म्याचमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो ईनिंग्समा ४८९ रन बनाएयो। त्यसपछि सोमवार आयोजक भारतीय टीमको पहिलो ईनिंग्स केवल २०१ रनमा समाप्त हुँदा दक्षिण अफ्रिकालाई पहिलो ईनिंग्सको आधारमा २८८ रनको ठूलो बढ़त हासिल भयो। त्यसपछि दक्षिण अफ्रिकाले आज तेस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा कुनै विकेट नगुमाइ २६ रन बनायो। दिनको खेल समाप्त हुँदासम्म रियान रिकेल्टन १३ र एडन मार्करम १२ रनमा अविजित थिए। यसरी दक्षिण अफ्रिकासँग अहिले जम्मा ३१४ रनको मजबूत बढ़त रहेको छ। म्याचमा अझ २ दिनको खेल बाँकी रहेको हुनाले अनि भारतीय ब्याटरहरूका खराब फर्मलाई ध्यानमा राख्दा दक्षिण अफ्रिकाले लगातार टेस्ट म्याच जित्ने लगभग तय लागिरहेको छ। भारतीय ब्याटरहरूले आज आफ्नो पहिलो ईनिंग्समा दयनीय ब्याटिंग गरे अनि फलोअन पनि बचाउन सकेन, जसको निम्ति टीमलाई २८९ रन बनाउनु थियो। एक समय त भारतले १२२ रनमै ७ विकेट गुमाइसकेको थियो तर वाशिंगटन सुन्दर ४८ रन र कुलदीप यादव १९ रन-को संघर्षले टीम २०१-को स्कोरसम्म पुग्न सक्यो। दोस्रो दिनको स्कोर कुनै विकेट नगुमाइ ९ रनदेखि अघि खेल्दै आज बिहानको सेशनमा यशस्वी जयसवाल र केएल राहुलले धैर्यको साथ खेल्न शुरु गरे। यी २ जनाले पहिलो विकेटको निम्ति ६५ रनको पार्टनरशीप गरे। स्पिनर केशव महाराजले राहुललाई आउट गरी पार्टनरशीप तोड़्नको साथै भारतले लगातार विकेट गुमाउन थाल्यो। राहुलले २२ रन बनाए। जयसवाल पनि अर्द्धशतक बनाएर आउट भए। उनले ९७ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ ५८ रन बनाए। भारतको मध्यक्रममा कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। साई सुदर्शन १५, कप्तान रिषभ पन्त ७, रविन्द्र जडेजा ६ र नीतीश कुमार रेड्डी १० रन एकपछि अर्को गर्दै आउट भए जबकि ध्रुव जुरेलले त खाता पनि खोलेनन्। मार्को यानसनले घातक बलिंग गर्दै भारतीय ब्याटिंग क्रमलाई ध्वस्त पारे। यसरी १२२ रनमा ७ विकेटको पतनपछि सुन्दरले कुलदीपसँग मिलेर टीमलाई सम्हाल्ने प्रयास गरे। यी २ जनाले आठौं विकेटको निम्ति ७२ रनको पार्टनरशीप गरे। सुन्दरले ९२ बल खेलेर २ वटा चौका र एउटा छक्काको सहायताले ४८ रन बनाए अनि उनको विकेट पतन हुनको साथै भारतको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। कुलदीपले १३४ बलको सामना गरी ३ वटा चौकाको साथ १९ रन बनाए। जसप्रीत बुमराहले ५ रन बनाए जबकि मोहम्मद सिराज २ रनमा अविजित रहे। दक्षिण अफ्रिकी बलरहरूमा यानसनले सर्वाधिक ६ विकेट लिए। यसरी स्पिनर साइमन हार्मरले ३ वटा सफलता हासिल गरे।









