नयाँ दिल्ली: भियतनाममा केही दिनदेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मर्नेहरुको संख्या ९० जना पुगेको छ भने १२ जना अझैसम्म लापत्ता छन्।
भियतनामी सरकारले देशभर १ लाख ८६ हजार घरमा क्षति पुगेको र ३० लाखभन्दा बढी गाईवस्तु बगाएको बताएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार पहाडी प्रान्त डाक लाक गम्भीर रूपमा प्रभावित भएको छ र नोभेम्बर १६ देखि ६० भन्दा बढीको मृत्यु भएको छ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण भियतनाममा मौसमसँग सम्बन्धित प्रकोपको जोखिम बढेको बताएका छन्।









