दक्षिण अफ्रिकाविरुद्ध वनडे सीरीजको निम्ति टीमको घोषणा, राहुल कप्तान

IMG-20251123-WA0138

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आइतवार दक्षिण अफ्रिकाविरुद्ध ३ वटा वनडे म्याचको सीरीजको निम्ति १५ सदस्यीय भारतीय टीमको घोषणा गऱ्यो। चोटले थला पर्ने कप्तान शुभमन गिललाई सीरीजबाट आराम दिइएको छ अनि सीनियर क्रिकेटर केएल राहुलले टीमको कप्तानी गर्नेछन्। टीममा ८ जना ब्याटर, ३ जना अलराउण्डर, ३ जना पेस बलर र एकजना विशेषज्ञ स्पिनर रहेका छन्। रोहित र कोहली जस्ता दिग्गजको उपस्थितिले भारतको ब्याटिंग दहिलो देखिएको छ। राहुलले यसअघि भारतको निम्ति १२ वटा वनडे म्याचमा कप्तानी गरिसकेका छन्। गिल बाहेक श्रेयस अय्यर पनि सीरीजको हिस्सा हुनेछैनन्। उनलाई अष्ट्रेलिया यात्राको अवधि चोट लागेको थियो अनि अहिले पुनर्वासमा रहेका छन्। दुई प्रमुख पेस बलर जसप्रीत बुमराह र मोहम्मद सिराजलाई वनडे सीरीजमा आराम दिइएको छ। यसबीच अनुभवी पेस बलर मोहम्मद शमी फिटनेस र फर्म रहँदा रहँदै पनि टीममा स्थान बनाउन असफल भएका छन्। भारत र दक्षिण अफ्रिकाबीच पहिलो वनडे म्याच ३० नोभेम्बरमा राँचीमा खेलिनेछ। त्यसपछि अन्तिम दुईवटा म्याच २ र ६ दिसम्बरमा क्रमशः रायपुर र विशाखापट्टनममा हुनेछ।
दक्षिण अफ्रिकाविरुद्ध सीरीजको निम्ति घोषित भारतीय वनडे टीम यसप्रकार छः रोहित शर्मा, यशस्वी जयसवाल, विराट कोहली, तिलक वर्मा, केएल राहुल (कप्तान, विकेटकीपर), रिषभ पन्त (विकेटकीपर), वाशिंगटन सुन्दर, रविन्द्र जडेजा, कुलदीप यादव, नीतीश कुमार रेड्डी, हर्षित राणा, रुतुराज गायकवाड़, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह र ध्रुव जुरेल।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement