मन्धना र पलाशको विवाह अनिश्चितकालको निम्ति स्थगित

IMG-20251123-WA0139

नयाँ दिल्ली: भारतीय महिला क्रिकेट टीमकी स्टार ओपनर स्मृति मन्धना र संगीतकार पलाश मुछालको आइतवार (२३ नोभेम्बर) विवाह अनिश्चितकालको निम्ति स्थगित गरिएको छ। क्रिकेटरकी म्यानेजर तुहिन मिश्राले परिवारमा मेडिकल एमर्जेन्सीले गर्दा आइतवार हुने विवाह कार्यक्रमलाई अनिश्चितकालको निम्ति स्थगित गरिएको जानकारी दिएका छन्। मिश्राले भने, आज बिहान उनको (मन्धनाकी पिता) स्वास्थ्य अचानक बिग्रियो। स्वास्थ्यमा सुधार नहुँदा उनलाई अस्पताल लगियो। अहिले उनी डाक्टरहरूका देखरेखमा रहेका छन्। यसैकारण मन्धनाले पिता स्वस्थ्य नभञ्जेलसम्मको निम्ति विवाह कार्यक्रमलाई स्थगित गर्ने फसेला गरिन्। मन्धना र पलाशको विवाह आज महाराष्ट्रको सांगलीमा हुनु थियो। मन्धनाका पिताको स्वास्थ्यबारे मिश्राले भने, अहिले उनी अस्पतालमा डाक्टरहरूका देखरेखमा रहेका छन्। मन्धनाले पनि पिताको स्वास्थ्यमा सुधार आएपछि मात्र विवाह गर्ने फसेला गरेकी छन्। यसैकारण विवाहलाई अनिश्चितकालको निम्ति स्थगित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement