विश्व युवा टेबल टेनिसमा पुनित विश्वासको ऐतिहासिक सहभागिता

Punit-Biswas

सिलीगुडी: रोमानिया को क्लूज–नापोकामा हुने विश्व युवा टेबल टेनिस प्रतियोगितामा सिलीगुडीका पूर्व विवेकानन्द पल्ली निवासी पुनित विश्वास भारतीय टोलीमा चयन भएका छन्। १२ सदस्यीय भारतीय टिममा परेका पुनित आइतवारदेखि शुरु हुने यस च्याम्पियनशिपमा अन्डर–१९ समूहको टिम इभेन्टसँगै सिंगल्समा पनि प्रतिस्पर्धा गर्नेछन्।
पुनितका प्रशिक्षक शुभजीत साहाका अनुसार, उनी यसअघि डब्ल्यूटीटी र प्रो टुरका विभिन्न प्रतियोगितामा सहभागी भइसकेका छन्। तर विश्व टेबल टेनिस संघको प्रतियोगितामा भने यो उनको पहिलो सहभागिता हो। तीनमध्ये कुनै एक इभेन्टमा पनि पदक हात पार्न सकेमा यो ठूलो सफलता हुने प्रशिक्षकको भनाइ छ।
पदक नजिते पनि निराश हुन नपर्ने प्रशिक्षक साहाको टिप्पणी छ, किनकि यो अनुभव पुनितको खेल–जीवनका लागि ठूलो लगानी सावित हुनेछ। शुभजीितको प्रशिक्षणमा पुनित २०१९ देखि नै छन्। १७ वर्षको उमेरमै पुनित अन्डर–१९ राष्ट्रिय र्याङ्किङमा शीर्ष चारमा पर्न सफल भएका छन्, र यही आधारमा उनको भारतीय टिममा चयन भएको हो।
पुनितकी आमा टुनटुन विश्वासका अनुसार, उनी लगातार खेलमा व्यस्त रहेकै छन्। इन्दौर र पंचकुलामा भएको जोनल प्रतियोगिता खेले, अफिस टुर्नामेन्टमा पुरुष डबल्सको सेमिफाइनलसम्म पुगे, र नयाँ दिल्लीमा चार दिनको राष्ट्रिय शिविरमा समेत सहभागी बने। त्यहीँबाट उनी आज रोमानियाका लागि प्रस्थान गरेका हुन्।
पुनितको यस यात्राप्रति परिवार, प्रशिक्षक तथा सिलीगुडीका खेलप्रेमीहरू उत्साहित र आशावादी देखिएका छन्।

About Author

Advertisement