प्रगतिशील लोकतान्त्रिक पार्टीको ५ सदस्यीय अध्यक्ष परिषदमा जेनजी नेतृ भट्टराई पनि संलग्न

IMG-20251123-WA0094

काठमाडौं: प्रगतिशील लोकतान्त्रिक पार्टीले गठन गर्ने तयारमा रहेको पाँच सदस्यीय ‘अध्यक्ष परिषद्’ मा एक जेनजी अगुवा नेतृ समेत रहने भएकी छन्।
एक शीर्ष नेताका अनुसार अध्यक्ष परिषदमा जेनजी नेतृ ओजस्वी भट्टराई पनि रहनेछिन्। अध्यक्ष परिषदमा दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती, जेनजी नेतृ ओजस्वी भट्टराई र एक सदस्य मधेशबाट रहने बताए।
भट्टराई ६ वर्षदेखि संवैधानिक कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा अध्ययन, अनुसन्धान र अध्यापन गर्दै आएकी छन्। जेनजी विद्रोहपछि उनी जेनजी मुभमेन्ट अलायन्समा आबद्ध भएकी थिइन्।
पार्टीका नेताहरूका अनुसार, भट्टराई जेनजी विद्रोहको जनादेश दस्तावेजीकरण गर्दै मस्यौदा गर्ने र सो मस्यौदा सम्मानित प्रधानमन्त्रीसमक्ष पुर्‍याउन सक्रिय छिन्।
‘अध्यक्ष परिषद्’मा दलित, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र लगायत सबै क्लष्टरबाट प्रतिनिधित्व हुने गरी गठन गरिने ती शीर्ष नेताले जानकारी दिए। यसै अध्यक्ष परिषदले पार्टीमा कार्यकारी भूमिका खेल्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement