अष्ट्रेलियन ओपन च्याम्पियन बने लक्ष्य सेन

IMG-20251123-WA0108

सिडनी: भारतका स्टार ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेनले असाधारण प्रदर्शन गर्दै यस सीजनको आफ्नो पहिलो खिताब जिते। लक्ष्यले पुरुष एकल वर्गको फाइनलमा जापानका युशी तनाकालाई पराजित गरी अष्ट्रेलियन ओपन सुपर ५०० टुर्नामेण्टको खिताब जिते। २४ वर्षीय लक्ष्यले असाधारण फर्मलाई कायम राख्दै २६ वर्षीय तनाकालाई ३८ मिनटसम्म चलेको म्याचमा २१-१५, २१-११-ले पराजित गरे। यस जीतको साथ लक्ष्यले यस सीजनमा खिताबको खड़ेरी पनि समाप्त गरे। लक्ष्यलाई गत केही समयदेखि फर्म र भाग्यले साथ दिएको थिएन अनि पेरिस ओलम्पिक २०२४-मा चौथो स्थानमा रहेका थिए। २०२१-को वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता लक्ष्यले त्यसअघि आफ्नो अन्तिम सुपर ३०० खिताब गत वर्ष लखनऊमा सैयद मोदी इण्टरनेशनलमा जितेका थिए। यस साल उनी सेप्टेम्बरमा हंगकंग सुपर ५०० टुर्नामेण्टमा खिताब जित्ने नजिक पुगेका थिए तर अन्तमा उनी उपविजेता रहेका थिए। यस साल अर्लियन्स मास्टर्स सुपर ३०० खिताब जित्ने विश्वका २६औं नम्बरका खेलाड़ी तनाकाको सामना गर्दै लक्ष्यले असाधारण नियन्त्रण र तेज खेलको नमूना पेश गरे तथा कुनै गेम नगुमाइ म्याच जिते। यस जीतको साथ वर्तमान कमनवेल्थ गेम्स च्याम्पियन लक्ष्य यस सीजनमा बीडब्ल्यूएफ वर्ल्ड टूर खिताब जित्ने केवल दोस्रो भारतीय बने। यसअघि आयुष शेट्टीले यूएस ओपन सुपर ३०० टुर्नामेण्ट जितेका थिए। आइतवार च्याम्पियन बनेपछि लक्ष्यले भने, यस सीजनमा मैलै धेरै उतार-चड़ाउ देखे। सीजनको शुरुवातमा केही चोट पनि लाग्यो तर मैले पूरा सीजनमा कठोर मेहनत गरे। अहिले जीतको साथ सीजनको समापन गर्न सकेर खुशी छु। म धेरै उत्साहित छु अनि आउँदो सीजनको प्रतीक्षा गरिरहेको छु। यस टुर्नामेण्टमा आफ्नो प्रदर्शनसँग म साँच्चै खुशी छु। फाइनलमा पनि असल शुरुवात गर्नु र अन्तसम्म फर्मलाई कायम राख्नु महत्त्वपूर्ण थियो। पहिलो गेममा असल लड़ाइँ भयो। दोस्रो गेममा मैले असल शुरुवातलाई अन्तसम्म कायम राखे। म धेर सोचिरहेको थिइनँ अनि मैले आफ्नो पूरा ध्यान प्रत्येक पोइण्ट जित्नमा लगाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement