गुवाहटी: दक्षिण अफ्रिकाविरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा भारतीय टीम सामान्य दबाउमा रहेको छ। म्याचको दोस्रो दिन आइतवार दक्षिण अफ्रिकाको पहिलो ईनिंंग्स ४८९ रनमा समाप्त भयो। त्यसपछि भारतले आज खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा कुनै विकेट नगुमाइ ९ रन बनायो। यशस्वी जयसवाल ७ र केएल राहुल २ रन बनाएर खेलिरहेका छन्। यसरी भारत अहिले पहिलो ईनिंग्सको आधारमा ४८० रनले पछि रहेको छ। आइतवार पूरा दिनको खेलमा दक्षिण अफ्रिकाले भारतलाई कुनै मौका दिएन। सातौं नम्बरमा खेल्दै सानुरन मुथुसामीले शतक १०९ रन बनाएर भारतीय बलरहरूलाई भरपूर शास्ती दिए। यसबाहेक नवौं नम्बरमा खेल्ने मार्को यानसन पनि केवल ७ रनले गर्दा शतकदेखि वञ्चित भए। भारतीय बलरहरूमा कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए। यसबाहेक जससप्रीत बुमराह, मोहम्मद सिराज र रविन्द्र जाडेजाले २-२ सफलता हासिल गरे।
दक्षिण अफ्रिकालाई विशाल स्कोरसम्म पुऱ्याउनमा सहायता गर्ने मुथुसामीले २०६ बल खेलेर १० वटा चौका र २ वटा छक्काको साथ १०९ रन बनाए। यसबाहेक यानसनले ७ वटा छक्का र ६ वटा चौकाको साथ ९१ बलमा ९३ रन बनाए। दक्षिण अफ्रिकाले आज शनिवारको स्कोर ६ विकेटमा २४७ रनदेखि अघि खेल्न शुरु गऱ्यो। टीमलाई मुथुसामी र काइल वेरेनको जोड़ीले बिहानको सेशनमा असल शुरुवात दिलायो। पीचमा बलरहरूका निम्ति अतिरिक्त कुनै सहायता नभएको हुनाले भारतीय बलरहरूले आज निक्कै मेहनत गर्नु पऱ्यो। आज बिहानको सेशनमा कुनै विकेटको पतन भएन। मुथुसामी र वेरेनले सातौं विकेटको निम्ति ८८ रनको पार्टनरशीप गरे। जडेजाले वेरेनलाई आउट गरी भारतलाई दिनको पहिलो सफलता दिलाए, जसले ४५ रन बनाए। सातौं विकेटको पतनपछि मुथुसामीले यानसनलाई लिएर रन बनाउन जारी राखे। यी दुईजनाले मिलेर आठौं विकेटको निम्ति ९७ रनको पार्टनरशीप गरे। यस अवधि मुथुसामीले आफ्नो पहिलो टेस्ट शतक बनाए। सिराजले मुथुसामीलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। यसरी ४३१ रनमा आठौं विकेटको पतनपछि चाहिँ भारतले दक्षिण अफ्रिकाको पहिलो ईनिंग्सलाई समाप्त गर्न अधिक समय लगाएन। यानसनको विकेट कुलदीपले हासिल गरे जबकि साइमन हार्मरलाई बुमराहले आउट गरे। केशव महाराज १२ रनमा अविजित रहे।










