सैयद मुश्ताक अली ट्रफीको निम्ति हर्ष दुबे विदर्भ अनि सञ्जु सेमसन केरलका कप्तान नियुक्त

IMG-20251123-WA0083

नयाँ दिल्ली: दोहामा राइजिंग स्टार्स एशिया कपमा असाधारण प्रदर्शन गर्ने अलराउण्डर हर्ष दुबेले २६ नोभेम्बरदेखि शुरु हुने सैयद मुश्ताक अली टी२० ट्रफीमा विदर्भको १७ सदस्यीय टीमको अगुवाई गर्नेछन्। गत सीजनका कप्तान तथा भारतका टी२० इण्टरनेशनल विकेटकीपर ब्याटर जितेश शर्मा टीमका हिस्सा छैनन्। जितेश राइजिंग स्टार्क एशिया कपको अवधि भारत ए टीमका कप्तान थिए। दुबेले हालै दोहामा आफ्नो पहिलो टी२० अर्द्धशतक बनाएर भारतलाई सेमिफाइनलमा पुऱ्याएका थिए। त्यस म्याचमा उनले ४ विकेट पनि लिएका थिए। दुबेले रणजी ट्रफीको गत सीजनमा ६९ विकेट लिएर विदर्भलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सैयद मुश्ताक अली ट्रफीको गत सीजनमा विदर्भले क्वार्टर फाइनलमा मुम्बई विरुद्ध हारको सामना गर्नु परेको थियो। यसपाली टीममा विकेटकीपर शिवम देशमुख पनि रहनेछन् जबकि यश ठाकुर उपकप्तान हुनेछन्। अनुभवी पेस बलर उमेश यादवलाई पनि टीममा स्थान दिइएको छ। ग्रुप ए-मा विदर्भको पहिलो म्याच २६ नोभेम्बरमा छत्तीसगढ़विरुद्ध रहेको छ। यसरी भारतीय टीमका स्टार विकेटकीपर ब्याटर सञ्जु सेमसनले टुर्नामेण्टमा केरलको कप्तानी गर्नेछन्। सेमसनको कप्तानीमा टीमले २६ नोभेम्बरमा ओडिशाविरुद्ध म्याचको साथ टुर्नामेण्टमा आफ्नो अभियान शुरु गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement