लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन लिभरपूलको साथमा म्यानचेष्टर सिटीले निराशाजनक हारको सामना गर्नु पऱ्यो जबकि चेल्सीले चाहिँ शीर्ष स्थानको रेसमा आर्सनललाई चुनौती दिन कायम राख्यो। शनिवार राति खेलिएको म्याचमा लिभरपूललाई नटिंघम फरेष्टले ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ७५ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। म्याचमा विजेता टीमको निम्ति मुरिल्लोले ३३औं, निकोलो सावोनाले ४६औं र मोर्गन गिब्स-व्हाइटले ७८औं मिनटमा गोल गरे। लिभरपूलको यो जारी घरेलु सीजनमा १२ वटा म्याचमा छैटौं अनि गत ५ वटा म्याचमा चौथो हार हो। यसरी टीम १८ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलमा ११औं स्थानमा रहेको छ। नटिंघम फरेष्ट चाहिँ १२ पोइण्ट्सको साथ १६औं स्थानमा रहन पुग्यो। चेल्सीले चाहिँ आफ्नो फर्म जारी राख्दै बर्नलीविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमको निम्ति पेड्रो नेटोले ३७औं र एञ्जो फर्नाण्डेजले ८८औं मिनटमा गोल गरे। यस जीतको साथ चेल्सी १२ वटा म्याचमा २३ पोइण्ट्सको साथ दोस्रो स्थानमा पुग्यो।
म्यानचेष्टर सिटीले न्यूक्यासलविरुद्ध १-२-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्ट जेम्स पार्कमा ३३ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमको निम्ति दुवै गोल हार्वे बार्न्स ६४औं र ७०औं मिनट-ले गरे। यसरी सिटीको निम्ति एकमात्र गोल रुबेन डियासले ६८औं मिनटमा गरे। यस हारपछि म्यानचेष्टर सिटी २२ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहन पुग्यो। यसरी न्यूक्यासल १५ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ। बोर्नमाउथ र वेष्ट ह्यामबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। यसबाहेक क्रिस्टल प्यालेसले वूल्भ्सलाई २-०-ले, ब्राइटनले ब्रेण्टफोर्डलाई २-१-ले अनि फूलह्यामले सण्डरल्याण्डलाई १-०-ले पराजित गऱ्यो।









