एशेज सीरीजः ट्रेविस हेडको विध्वंशी शतकले दोस्रो दिन नै अष्ट्रेलियाको जीत

IMG-20251122-WA0099

पर्थ: अष्ट्रेलियाले ओपनिंग ब्याटर ट्रेविस हेडको विध्वंशी शतकको सहायताले ईंग्ल्याण्डले पहिलो एशेट टेस्ट म्याचको दोस्रो दिन नै ८ विकेटले पराजित गरी ५ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। शनिवार मेकशिफ्ट ओपनरको भूमिकामा खेल्दै हेडले ८३ बलमा १६ वटा चौका र चारवटा छक्काको साथ १२३ रन बनाएर अष्ट्रेलियालाई यादगार जीत दिलाए। अष्ट्रेलियाले जीतको निम्ति हासिल भएको २०५ रनको लक्ष्यलाई आज केवल २ विकेट गुमाएर २८.२ ओभरमै हासिल गऱ्यो। हेडले आज केवल ६९ बलमा आफ्नो शतक पूरा गरे। यो एशेजको इतिहासमा दोस्रो सबैभन्दा तेज शतक हो। अष्ट्रेलियाकै एडम गिलक्रिष्टले २००६-०७-मा यसै मैदानमा ५७ बललमा शतक बनाएका थिए। ईंग्ल्याण्डले पहिलो ईनिंग्समा १७२ रन बनाएपछि शनिवार अष्ट्रेलियाको पहिलो ईनिंग्स १३२ रनमा समाप्त भयो। यसरी ईंग्ल्याण्डलाई पहिलो ईनिंग्सको आधारमा ४० रनको बढ़त हासिल भयो। त्यसपछि ईंग्ल्याण्डले आज दोस्रो ईनिंग्समा १६४ रन बनाउँदा अष्ट्रेलियालाई म्याच जित्न २०५ रन बनाउने लक्ष्य हासिल भयो। ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा गस एटकिन्सन ३७, ओली पोपले ३३, बेन डकेटले २८ र ब्रायडन कार्सले २० रन बनाए। ज्याक क्रालीले त दुवै ईनिंग्समा खाता पनि खोलेनन्। अष्ट्रेलियाई बलरहरूमा स्कट बोलाण्डले सर्वाधिक ४ विकेट लिए। यसबाहेक मिचेल स्टार्क र ब्रेण्डन डगेटको खातामा ३-३ विकेट रह्यो। पर्थको पीचमा चुनौतीपूर्ण मानिएको २०५ रनको लक्ष्यलाई हेडले आफ्नो विध्वंशी ब्याटिंगद्वारा सजिलो बनाइदिए। उनले ज्याक वेदराल्डसँग ७५ र मार्नस लाबुशेनसँग दोस्रो विकेटको निम्ति ११७ रनको पार्टनरशीप गरे। वेदराल्डले २३ जबकि मार्नस लाबुशेनले अविजित ५१ रन बनाए। हेड आउट भएपछि लाबुशेन र स्टीव स्मिथले मिलेर टीमलाई जीत दिलाए। स्मिथ २ रनमा अविजित रहे। म्याचमा १० विकेट हासिल गर्ने अष्ट्रेलियाका मिचेल स्टार्कले प्लेयर अव् द म्याचको पुरस्कार जिते। सीरीजको दोस्रो टेस्ट म्याच ४ दिसम्बरदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement