काठमाडौं: आजको एनपीएल खेलमा लुम्बिनी लायन्सले चितवनलाई ६ विकेटले पराजित गर्यो। लुम्बिनीले सिजनको सुरुवात जितका साथ गर्यो। लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनायो। यसअघि टस हारेर ब्याटिङ गर्न आएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो।










