पटना: बिहारका जेडी(यू) नेता नीतीश कुमारले बिहीबार पटना स्थित ऐतिहासिक गान्धी मैदानमा एक विशेष समारोहमार्फत दसौँपटक मुख्यमन्त्रीका रूपमा शपथ लिए। ठूलो संख्यामा समर्थक र नेताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा राज्यका अन्य मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिए।
सम्राट चौधरी र विजय कुमार सिन्हाले शपथ लिएसँगै उनीहरूलाई उपमुख्यमन्त्री बनाइने अपेक्षा गरिएको छ। यो समयमा कुल २६ मन्त्रीले शपथ लिएका छन्। मन्त्रालयहरूको जिम्मेवारी भने पछि तोकिने बताइएको छ।
नीतीश कुमारले १९ नोभेम्बरमा राज्यपाललाई राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रियामा तेजि आएको थियो। उनी पहिलोपटक सन् २००० मा मुख्यमन्त्री बने पनि सरकार आठ दिनमै ढलेको थियो। २००५ पछि उनी लामो समयसम्म सत्तामा रहँदै पटक–पटक राजीनामा र पुनः शपथ लिने क्रम दोहोर्याउँदै आएका छन्।
नयाँ मन्त्रिपरिषद्मा समावेश हुनेहरूमा:
बीजेपी: सम्राट चौधरी, विजय कुमार सिन्हा, दिलीप जायसवाल, मंगल पाण्डे, नितिन नबीन, श्रेयशी सिंहलगायत १४ जना।
जेडी(यू): विजय कुमार चौधरी, बिजेन्द्र प्रसाद यादव, श्रवण कुमार, अशोक चौधरीलगायत ८ जना।
अन्य दल: लोक जनशक्ति पार्टी (रामविलास) का संजय कुमार र संजय कुमार सिंह, राष्ट्रीय लोक मोर्चाका दीपक प्रकाश, र हमका सन्तोष कुमार सुमन।
शपथ ग्रहणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भारतीय जनता पार्टी अध्यक्ष जेपी नड्डा, तथा विभिन्न राज्यका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो।
२ सय ४३ सदस्यीय राज्यसभामा राष्ट्रीय जनतांत्रिक गठबंधन(एनडीए)ले २०२ सिट जित्दै आरामदायक बहुमतसहित पुनः सत्ता सम्हालेको छ।










