अलीपुरदुआरमा फर्जी मतदाता परिचयपत्रको भण्डाफोर, छिमेकीलाई ‘बुबा’ देखाएर नाम दर्ता

15_10_2023-voter_id_card_download_2_23556625_132726554

अलीपुरदुआर: पश्चिम बङ्गालको अलीपुरदुआर जिल्लामा मतदाता सूचीसँग सम्बन्धित एक गम्भीर अनियमितता सार्वजनिक भएको छ। सामुकतला थाना अन्तर्गत जयपुर क्षेत्रमा एक व्यक्तिले आफ्नै छिमेकीलाई ‘बुबा’ देखाएर फर्जी मतदाता परिचयपत्र बनाएको खुलेको छ। घटना सार्वजनिक भएपछि स्थानीय क्षेत्रमा व्यापक चर्चा–परिचर्चा शुरु भएको छ।
६१ वर्षीय मंगल सोरेनले असमबाट आएका र जयपुरमै घरजमाईका रूपमा बस्दै आएका राजू सोरेनविरुद्ध सामुकतला थानामा लिखित उजुरी दिएका छन्। मंगल सोरेनका अनुसार, राजू सोरेनले गत पंचायत चुनावका बेला मतदाता सूचीमा नाम दर्ता गराउने क्रममा उनलाई बुबा भनेर उल्लेख गरेका रहेछन्।
उजुरीकर्ता सोरेनले बताएका छन् कि मतदाता नामावलीका कागजात जाँच गर्ने क्रममा यस फर्जीवाडा बारे थाहा पाए। स्पष्टीकरण माग्दा राजू सोरेनले उल्टै उनीमाथि आक्रमण गर्ने प्रयास गरेको उनी बताउँछन्।
हालै जयपुर क्षेत्रमा एसआईआर फारम भर्ने प्रक्रिया सुरु भएपछि घटना अझ प्रष्ट भएको स्थानीयले बताएका छन्। बीएलओले आवश्यक कागजात मागेपछि फर्जी पहिचानको यो विषय सबै सामु खुलेको हो। सामुकतला ग्राम पंचायतकी प्रमुख आजेन मिन्जले घटनाबारे पंचायतले आन्तरिक रुपमा अनुसन्धान अघि बढाएको जानकारी दिइन्।
सूत्रका अनुसार, यस्तो समस्या जयपुर मात्र नभई अलीपुरदुआर–II ब्लकका अन्य बस्तीहरूमा पनि देखिएको छ, जहाँ वैध कागजातबिनै केही व्यक्तिहरूले मतदाता सूचीमा नाम दर्ता गराएको बताइन्छ। यसले क्षेत्रभर फर्जी मतदाता परिचयको समस्या थप गम्भीर बन्दै गएको छ।
उता, उजुरी दर्ता भएलगत्तै सामुकतला प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले यो फर्जी मतदाता परिचयपत्र बनाउने कार्य व्यक्तिगतरूपमा गरिएको हो कि कुनै ठूलो समूह वा नेटवर्क संलग्न छ भन्ने बारे अनुसन्धान अघि बढाएको छ। स्थानीयले निष्पक्ष छानबिन र कडाइका साथ कारबाहीको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement