वीरगन्ज: पर्सा जिल्लाको वीरगन्ज नाका हुँदै नेपाल आउने भारतीय पर्यटकको सुरक्षा जाँचलाईं मध्य नजर ग़र्दै पर्यटकहरुलाई व्यवस्थित बनाउन वीरगन्ज नाकाको प्रवेशद्वारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकीकृत सीमा सुरक्षा बिट निर्माण गर्न लागेको हो। वीरगन्ज महानगरपालिका-१६ शंकरचार्य प्रवेशद्वार नजिकको मितेरी पुल छेउमा एकीकृत सुरक्षा बिट निर्माण कार्य शुरु भएको छ।
वीरगन्ज नाका हुँदै नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारीसाधनलाई नाकादेखि पर्साको अन्तिम सिमानामा गण्डकसम्म गरी ठाउँ ठाउँमा नेपाल पुलिस र सशस्त्र प्रहरीले सुरक्षा चेकजाँच गर्दा भारतीय पर्यटकले हैरानी खेप्दै आएका छन।
उक्त समस्यालाई ब्यबस्थित गरी अब उपरान्त वीरगन्ज रक्सौल नाकामा नेपलतर्फको मितेरी पुल छेउमै नेपाल पुलिस र सशस्त्र प्रहरीको एकीकृत सुरक्षा बिट निर्माण गरी चेक जाँच सहज बनाउन लागिएको हो। बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एकीकृत सुरक्षा बिट निर्माणको शिलान्यास गरेका छन्।










