टीमको खराब माहोलले गर्दा रोहित र कोहली सन्न्यास लिन वाध्य भएको मनोज तिवारीको दावी

IMG-20251120-WA0083

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर मनोज तिवारीले टीम इण्डियाको टेस्ट क्रिकेट सेटअपलाई लिएर ठूलो बयान दिएका छन्। तिवारीले बताएअनुसार, विराट कोहली र रोहित शर्मा टेस्ट क्रिकेटलाई बचाउन चाहन्थे तर टीम भित्र खराब माहोल र अनावश्यक ट्रान्जिशनले गर्दा दुवै क्रिकेटर सन्न्यास लिन वाध्य भए। यी दुईजना दिग्गज क्रिकेटरले यस साल ईंग्ल्याण्डविरुद्ध ५ वटा म्याचको सीरीज अघि एक हप्ताभित्र टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए। दक्षिण अफ्रिकाविरुद्ध ईडन गार्डन्समा खेलिएको पहिलो टेस्ट म्याचमा दक्षिण अफ्रिकाविरुद्ध हारपछि मुख्य प्रशिक्षक गौतम गम्भीरले टीम ट्रान्जिशनबारे कुरा गर्दा मनोज तिवारीले तीखो प्रतिक्रिया दिएका छन्। उनले भारतीय क्रिकेटमा ट्रान्जिशनको कुनै आवश्यकता नभएको बताएका छन्। तिवारीले भने, न्यूजील्याण्ड या जिम्बाब्वे जस्ता देशहरूलाई ट्रान्जिशन चाहिन्छ। भारतमा त घरेलु क्रिकेटमै प्रतिभाको लाइन लागेको छ। यसैकारण ट्रान्जिशन शब्दको भारतीय क्रिकेटमा कुनै अर्थ लाग्दैन। अनावश्यक ट्रान्जिशनको नाममा विराट कोहली र रोहित शर्मा जस्ता खेलाड़ीहरूलाई बिस्तारै किनारा गरियो, जो टेस्ट क्रिकेटको पवित्रतालाई कायम राख्न चाहन्थे। तिवारीको भनाइअनुसार, भारतीय टीम भित्रको माहोलले रोहित र कोहलीको मनोबललाई शेष पाऱ्यो। यसैकारण उनीहरू खेल्न चाहँदा-चाहँदै पनि पछि हट्न वाध्य भए। उनले भने, रोहित र कोहली टीमको माहोलले गर्दा पछि हट्न वाध्य भए। माहोलमा नकारात्मकता देखिन थालेको छ। यस बयानले स्वाभाविक रूपले भारतीय क्रिकेटमा चलिरहेको आन्तरिक राजनीति तर्फ इशारा गर्छ, जसले गर्दा टीमले २ जना प्रमुख खेलाड़ीलाई एकै समयमा गुमाएको छ। तिवारीले प्रशिक्षक गम्भीरको पनि आलोचना गर्दै हारपछि खेलाड़ीहरूका तक्निकमाथि प्रश्न उठाउनु सही नरहेको बताएका छन्। उनले भने, एकजना प्रशिक्षकको काम सिकाउनु हो, दोष दिनु होइन। कुनै खेलाड़ीको डिफेन्स कमजोर छ भने म्याच अघि नै किन सुधार गरिएन? गम्भीर स्वयं स्पिनका असल खेलाड़ी रहिसकेका छन्। उनले अझ राम्रो प्रशिक्षण दिनु पर्ने हो।
यस टिप्पणीले गम्भीरको योजनाहरू र कोचिंग शैलीमाथि सीधा प्रश्न उठाएको छ। कलकत्तामा खेलिएको पहिलो टेस्ट म्याचमा हारपछि भारत अहिले २ वटा टेस्ट म्याचको सीरीजमा १-०-ले पछि रहेको छ। अब टीमले गुवाहटीमा खेलिने दोस्रो टेस्ट म्याचमा जसरी भए पनि जीत हासिल गर्नु पर्नेछ। यस्तो नगरे भारतले घरेलु माटोमा लगातार दोस्रो टेस्ट सीरीज गुमाउनेछ। पहिलो टेस्ट म्याचमा ऱ्यांक टर्नर पीच बनाउने रणनीतिले आफ्नै टीमलाई डुबाएको थियो। अब भारतीय टीम म्यानेजमेण्टले गुवाहटीमा कस्तो पीच तयार गर्न लगाउनेछ भन्ने हेर्नु रोचक हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement