मेक्सिको: मेक्सिको प्रहरीका अनुसार मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएको झडपमा १०० पुलिस अधिकारीसहित कम्तीमा १२० जना घाइते भएका छन्। शनिबार मेक्सिकोको राजधानीमा हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारको विरुद्धमा प्रदर्शनकारीहरूले मार्च निकाले। अन्य शहरहरूमा पनि विरोध प्रदर्शनहरू भए।
प्रदर्शनकारीहरूले शेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा घेरा तोडेर भागेका छन्। परिसरको सुरक्षामा खटिएका पुलिसले भीडमाथि अश्रुग्यास प्रहार गरेका थिए।
मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले डकैती र आक्रमणलगायत विभिन्न अपराधहरूमा २० जनालाई पक्राउ गरिएको बताए।
राष्ट्रपति शेनबाउमले मार्चलाई उनको सरकारको विरोध गर्ने दक्षिणपन्थी नेताहरूले आर्थिक सहयोग गरेको बताए।
यो र्याली जेन जेड युवा समूहहरूद्वारा आयोजना गरिएको हो। उरुपानका मेयर कार्लोस मान्जोको हत्यासहित उच्च -प्रोफाइल हत्याहरूको विरोध गर्नेहरूबाट समर्थन प्राप्त भएको बताइएको छ। नोभेम्बर १ मा डे अफ द डेड फेस्टिवलमा मान्जोलाई गोली हानी मारिएको थियो।











