गोर्खे छोरी अञ्जली कार्कीले भारतीय सेनामा हासिल गरिन् क्याप्टेन पद 

देहरादुन: देशको रमाइलो र मनोरम पहाडी राज्य उत्तराखण्डको बागेश्वर जिल्लाको दानपुर क्षेत्रस्थित रमाडी गाउँकी गोर्खे छोरी अञ्जली कार्कीले भारतीय सेनामा क्याप्टेन पद हासिल गर्दै गर्विलो इतिहास रचेकी छन्। बहादुर कार्कीकी छोरी अञ्जलीले आफ्नो परिश्रम, लगन र दृढ संकल्पको बलमा यो सम्माननीत पद हासिल गरेकी हुन्। उनको यो सफलता केवल परिवार अनि रमाडी गाउँका लागि गर्वको विषय मात्र रहेन,यो सम्पूर्ण गोर्खा समुदायका छोरीहरूका लागि प्रेरणाको प्रतीक बनेको छ। क्याप्टेन अञ्जलीले प्रमाणित गरेकी छिन्, पहाडी गोर्खा छोरीहरूले पनि कडा परिश्रम र इमान्दार समर्पणद्वारा देशको रक्षा पंक्तिमा शिखर छुन सक्छन्। उनको यो उपलब्धिले गोर्खा समुदायको नाम उज्ज्वल बनाएको छ र नयाँ पुस्ताका युवाहरूलाई साहस र प्रतिबद्धताको बाटोमा अघि बढ्न उत्प्रेरित गरेको छ। परिवारले क्याप्टेन अञ्जली कार्कीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। उनको सफलता आगामी पुस्ताका लागि निश्चय नै प्रेरणाको उज्यालो किरण बन्ने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement