इस्लामाबाद :पाकिस्तानी तालिबान समूहले इस्लामाबादमा भएको कार बम विस्फोटको जिम्मेवारी लिएको छ जसमा कम्तिमा १२ जनाको मृत्यु भएको छ।
एएफपीका अनुसार, समूहले एक विज्ञप्तिमा भनेको छ, “हाम्रा लडाकुहरूले इस्लामाबादमा रहेको न्यायिक आयोगमा आक्रमण गरे। पाकिस्तानको गैर-इस्लामी कानून अन्तर्गत फैसला दिने न्यायाधीश, वकिल र अधिकारीहरूलाई लक्षित गरिएको थियो।” पाकिस्तानी मन्त्री मोहसिन नक्वीले आक्रमणकारीले प्रहरीको गाडीलाई निशाना बनाएको बताए।









