फोर्टिस गुरुग्रामका चिकित्सकद्वारा सिकल सेल रोगमा ऐतिहासिक सफलता

भारतले लेख्यो स्वास्थ्य उपलब्धिको नयाँ अध्याय

गुरुग्राम: भारतीय स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ। फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युट (एफएमआरआई), गुरुग्रामका चिकित्सकहरूले बोन म्यारो (स्टेम सेल) ट्रान्सप्लान्टमार्फत सिकल सेल रोगबाट पीडित बालबालिकाको सफल उपचार गरी ऐतिहासिक सफलता पाएका छन्।
दश वर्ष लामो अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल हीमोग्लोबिन मा प्रकाशित भएको हो। सन् २०१५ देखि २०२४ सम्मका १०० बालमामिलाको अध्ययन गर्दा ८७ प्रतिशत बिरामीहरू बाँच्न सफल भए। पूर्ण रूपमा मिल्ने दाताबाट गरिएको ट्रान्सप्लान्टमा ९६ प्रतिशत सफलता र आधा मिल्ने (ह्याप्लो–आइडेण्टिकल) पारिवारिक दाताबाट गरिएकोमा ७८ प्रतिशत सफलता पाइएको छ। यी नतिजा विश्वका उत्कृष्ट स्वास्थ्य केन्द्रहरूसँग तुलनीय छन्।
सिकल सेल रोग रगतसँग सम्बन्धित एक आनुवंशिक समस्या हो, जसले भारत र अफ्रिका जस्ता देशका लाखौँ बालबालिकालाई असर गर्छ। यो रोगले गम्भीर रक्तअल्पता, तीव्र पीडा, स्ट्रोक र जीवन प्रत्याशा घटाउने समस्या ल्याउँछ। तर स्टेम सेल ट्रान्सप्लान्ट, जसमा बिरामीको अस्वस्थ बोन म्यारोलाई स्वस्थ दाताको स्टेम सेलले प्रतिस्थापन गरिन्छ जाे स्थायी उपचारको आधुनिक उपाय बनेको छ।
अध्ययनकी प्रमुख लेखिका डा. स्वाति भयाना भन्छिन्,
“यो सिकल सेल रोगसँग संघर्ष गरिरहेका हजारौं परिवारका लागि आशाको किरण हो। समयमै उपचार पाउने बालबालिकाको बाँच्ने सम्भावना विश्वका उत्कृष्ट देशहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी उच्च छ।”
डा. विकास दुआ भन्छन्,
“यी बालबालिका पहिले निरन्तर पीडामा थिए, बारम्बार अस्पताल पुग्थे। आज उनीहरू स्वस्थ जीवन बाँचिरहेका छन्। हरेक बालकलाई सामान्य जीवन बाँच्ने अधिकार मिल्नुपर्छ भन्ने हाम्रो विश्वास हो।”
डा. राहुल भार्गव का अनुसार
“सिकल सेल रोगका आधा केस भारत र अफ्रिकामा छन्। हामीले प्रमाणित गरेका छौं कि आधुनिक उपचार अब केवल विकसित देशको विशेषाधिकार होइन।”
फोर्टिस गुरुग्रामका उपाध्यक्ष यशपाल रावत भन्छन्,
“हाम्रो लागि नवप्रवर्तन मानवताको सेवाका लागि हो। दशक लामो अनुसन्धानको यो सफलता आधुनिक प्रविधि र सहानुभूतिको संयोजनद्वारा प्राप्त उपलब्धि हो।”
यस उपलब्धिसँगै फोर्टिस गुरुग्राम विश्वका ती थोरै अस्पतालमध्ये एक बनेको छ, जसले सिकल सेल रोगबाट पीडित बालबालिकालाई बोन म्यारो ट्रान्सप्लान्टमार्फत नयाँ जीवन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement