नयाँ दिल्ली: दिल्लीस्थित लाल किला मेट्रो स्टेशन नजिकै एउटा कारमा विष्फोट भएको छ। विष्फोटमा परी एक जनाको मृत्यु भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै एजेन्सीहरूले जनाएका छन्।
सोमबार साँझ ६:५५ मिनेटमा कारमा विष्फोट भएको खबर आएको बताइएको छ। विष्फोटसँगै नजिकै रहेका तीन/चार गाडीमा आगलागी भएको थियो। घटनामा केही मानिसहरू घाइते भएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।










