फरीदाबादमा ठूलो आतङ्कवादी मोड्युल पर्दाफास, ३६० किलो विस्फोटक र हतियार बरामद

फरीदाबाद: भारतको हरियाणा र जम्मू–कश्मीर पुलिसले संयुक्त रूपमा सञ्चालन गरेको आतङ्कवाद विरोधी अपरेशनमा फरीदाबादको एउटा भाडाको घरबाट ३६० किलोग्राम विस्फोटक पदार्थ र ठूलो मात्रामा हतियार र उपकरणहरू बरामद गरेका छन्।
यो कारबाही पाकिस्तान समर्थित जैश–ए–मोहम्मदसँग सम्बन्धित भएको शंका लागेका पुलवामाका एक चिकित्सक पक्राउ परेपछि करिब दस दिनपछि गरिएको हो।
अधिकारीहरूका अनुसार बरामद विस्फोटकमा अमोनियम नाइट्रेट भएको आशंका छ।
त्यससँगै पुलिसले असॉल्ट राइफल (तीन म्यागजिनसहित), ८३ जीवित गोली, एक पिस्तोल, २० टाइमर, चार ब्याट्री, रिमोट, ५ किलोग्राम धातु, १२ सुटकेस भरिएको विस्फोटक पदार्थ, र वाकी–टकी सेट फेला पारेका छन्।
फरीदाबाद पुलिस आयुक्त सतेन्द्रकुमार गुप्ता का अनुसार, “हरियाणा र जम्मू–कश्मीर पुलिसको संयुक्त अपरेशनले ठूलो आतङ्कवादी सञ्जालको पर्दाफास गरेको” हो।
उनले भने कि यस मोड्युलको एक सदस्यलाई पहिले नै सहारनपुरबाट पक्राउ गरिएको छ र थप सदस्यहरू पनि चाँडै पक्राउ पर्ने सम्भावना छ।
पुलिसको भनाइमा, जैश–ए–मोहम्मदका पाकिस्तानस्थित नेताहरू उत्तर भारतमा ठूला आतङ्कवादी आक्रमणको योजना बनाउन यस सञ्जालसँग समन्वय गरिरहेका थिए।
फोरेन्सिक टोलीले बरामद गरिएको विस्फोटक पदार्थको वास्तविक प्रकृति पत्ता लगाउने कार्य अघि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement