नोवेल पुरस्कार बिजेता वाटसनको निधन

डीएनएको संरचना पत्ता लगाउने वैज्ञानिकमध्येका एक नोबेल पुरस्कार विजेता अमेरिकाका जेम्स वाट्सनको निधन भएको छ। उनी ९७ वर्षका थिए।

बीसौँ शताब्दीका सफलतामध्ये एक मानिने डीएनएनको ‘डबल हेलिक्स’ संरचनाको पहिचान सन् १९५३ मा उनले र ब्रिटिश वैज्ञानिक फ्रान्सिस क्रिकले गरेका थिए।

उनीहरूको खोजले मोलेक्यूलर बायोलजीको द्रुत प्रगतिका लागि आधार तयार गर्‍यो। 

जातीय र लैङ्गिक टिप्पणीहरूका कारण उनको प्रतिष्ठामा चाहिँ ठूलो आँच पुग्यो। एउटा टेलिभिजन कार्यक्रममा उनले अश्वेत र श्वेत मानिसहरूबीच औसत आईक्यूमा फरक हुनुमा जीन जिम्मेवार रहेको बताएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement