लाइटमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या उत्पन्न भएपछि शनिबार साँझदेखि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन्।

विमानस्थलका अनुसार शनिबार बेलुका करिब साढे ५ बजेदेखि विमान उडान र अवतरणका लागि आवश्यक लाइटिङ सिस्टममा प्राविधिक समस्या देखिएको हो। समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको विमानस्थलले जनाएको छ।

रात्रीकालीन उडानका लागि आवश्यक लाइट पूर्णरूपमा सुचारु नभएकाले अहिले सबै उडान र अवतरण रोकिएका छन्। के समस्या भएको हो भन्ने पत्ता लगाउने काम भइरहेको छ।

सिष्टम बिग्रिएपछि अवतरणको तयारीमा रहेका केही जहाजहरू आकाशमै फन्को मारिरहेका छन् भने नयाँ उडानहरू अनुमति नपाई प्रतीक्षामा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement