गुवाहाटी: क्रिकेटको विश्व कप विजेता भारत टोलीकी गोर्खे छोरी उमा छेत्रीले चर्चित गायक जुबीन गर्गप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छिन्। उनले गर्गप्रति क्षमा याचना गर्दै अन्तिम समयमा भेट्न नसकेकीमा दु:ख व्यक्त गरेकी छिन्। उमा छेत्रीले राजनीति नगरी नि:स्वार्थ भावले जनताको सेवा गर्ने कलाकारको निधनले समाज र देशको लागि ठूलो क्षति भएको बताएकी छिन्।









