काठमाडौं: नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन आइपुगेका छन्।
स्रोतका अनुसार दुई नेताहरू हात्तीवनस्थित प्रचण्डको निवासमा वार्ता गरिरहेका छन्। उनीहरू विकसित घटनाक्रम र पार्टी गतिविधिहरूबारे छलफल गरिरहेका छन्।
पार्टी एकताप्रति असन्तुष्टि व्यक्त गरेका खनाल अन्तिम समयमा नेपाली कम्युनिष्ट पार्टीमा सामेल भएका थिए। प्रचण्ड र माधव नेपालपछि उनलाई पार्टीमा तेस्रो स्थान दिइने बताइएको छ।









