ट्रक पल्टिँदा कान्तिलोक मार्ग अवरुद्ध

काठमाडौं: कान्तिलोक मार्गमा एउटा ट्रक पल्टियो, जसले गर्दा बाटो पूर्ण रूपमा अवरुद्ध भयो। मकवानपुर प्रहरीले शुक्रबार बिहान मकवानपुरको बकैया गाउँपालिका-११ स्थित लेनडाँडामा पराल बोकेको ट्रक नियन्त्रण गुमाएर पल्टिएको जानकारी दिएको छ।
मकवानपुर प्रहरीका अनुसार बाराबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००२ ख १३६५ नम्बरको पराल बोकेको मिनी ट्रक बिहान ४:४५ बजे नियन्त्रण गुमाएर सडकको बीचमा पल्टिएको थियो। ट्रकमा पराल लोड गरिएको थियो।
घटनाको जानकारी पाएपछि वरिष्ठ हवल्दार सुरेन्द्र दराईको कमान्डमा इलाका प्रहरी चौकी जितपुर भज्याङबाट प्रहरी टोली घटनास्थलमा पुगेको मकवानपुर प्रहरीले जनाएको छ। कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ।
बारा कोल्बी नगरपालिका-४ निवासी २४ वर्षीय ट्रक चालक समीर तामाङ प्रहरीको सम्पर्कमा छन्। प्रहरीले सडक खोल्न कठिनाइ भइरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement