भारतीय टीममा शमीको चयन नहुँदा निराश आर अश्विन

नयाँ दिल्ली: दिग्गज भारतीय पेस बलर मोहम्मद शमीलाई फेरि एकपल्ट टेस्ट टीमबाट बाहिर राखिएको छ अनि यसले बीसीसीआई-को चयन नीतिमाथि प्रश्न उठ्न थालेको छ। शमीलाई दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको सीरीजको निम्ति चयन गरिएको टीममा सामेल गरिएन, जबकि उनी रणजी ट्रफीमा असाधारण फर्ममा रहेका थिए। यसबाहेक चयनकर्ताहरूले उनलाई इण्डिया ए टीममा पनि राखेनन्। यस विवादलाई केन्द्र गरेर भारतका पूर्व क्रिकेटर रविचन्द्रन अश्विनले पनि ठूलो बयान दिएका छन्। अश्विनको भनाइअनुसार, वर्तमान फर्म र प्रदर्शनको आधारमा शमीले टीममा स्थान पाउनु पर्ने थियो। बंगालका ३५ वर्षीय पेस बलरले रणजी ट्रफी २०२५-२६-मा ३ वटा म्याचमा १५ विकेट लिएर आफ्नो फर्म र फिटनेस दुवै साबित गरेका छन्। अश्विनले भने, विकेट र प्रदर्शनलाई नै ध्यानमा राख्नु हो भने अश्विन भारतीय टीममा हुनु पर्ने थियो। यसबीच चयनकर्ताहरूका यस्तो फसेलाले उनीहरू शमीबाट अधिक केही आशा गरिरहेको या उनलाई टीमको योजनाबाट नै बाहिर गरिएको स्पष्ट हुन्छ। यस्तो नै हो भने खेलाड़ीहरूसँग स्पष्ट बातचीत हुनु जरूरी छ। यस्तो गरे खेलाड़ीहरूले पनि कहाँ सुधार गर्नु पर्नेछ भन्ने थाहा पाउनेछन्। अश्विनको यस बयानले फेरि बहस शुरु भएको छ कारण शमीको बद्ली बंगालकै पेस बलर आकाश दीपलाई मौका दिइएको छ, जसको हालका म्याचहरूमा प्रदर्शन त्यति खास रहेको छैन। रणजी ट्रफीको जारी सीजनमा शमीको औसत केवल १५.५३-को रहेको छ अनि उनले एकपल्ट ईनिंग्समा ५ विकेट पनि लिएका छन्। यसरी आकाश दीपले अहिलेसम्म केवल ४ विकेट लिएका छन्। यसबाहेक शमीले २०१९-मा दक्षिण अफ्रिकाविरुद्ध घरेलु टेस्ट सीरीजमा ३ वटा म्याचमा १३ विकेट लिएका थिए अनि उनको औसत १४.७६-को रहेको थियो। यस आँकड़ाले पनि उनी यस टीमविरुद्ध सदा घातक साबित भएको साबित गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement