प्रधानमन्त्री मोदीपछि भारतीय महिला क्रिकेट टीमको राष्ट्रपति दौपदी मुर्मूसँग भेटघाट

नयाँ दिल्ली: महिला वर्ल्ड कप २०२५-को खिताब विजेता भारतीय महिला क्रिकेट टीमले बिहीवार राष्ट्रपति दौपदी मुर्मूसँग राष्ट्रियपति भवनमा भेट गऱ्यो। यस अवधि राष्ट्रपतिले खेलाड़ीहरूलाई यस ऐतिहासिक जीतको निम्ति शुभकामना दिइन्। यसअघि टीमले बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको आवासमा भेट गरेको थियो। आइतवार (२ नोभेम्बर) हरमनप्रीत कौरकी कप्तानीमा रहने भारतीय टीमले फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गरी खिताब जितेको थियो। यस खास भेटभाटको अवधि भारतीय कप्तान हरमनप्रीतले राष्ट्रपति दौपदी मुर्मूलाई भारतीय टीमको जर्सी भेट गरिन्। यस अवसरमा राष्ट्रपति मुर्मूले भारतीय खेलाड़ीहरूलाई बधाई दिँदै टीमले इतिहास रचेको अनि खेलाड़ीहरू युवा पीढ़ीको निम्ति आदर्श बनेको बताइन्। उल्लेखनीय छ, भारतलाई विश्व च्याम्पियन बनाउने हरमनप्रीत भारतकी चौथो कप्तान बनेकी छन्। यसअघि कपिल देव, एमएस धोनी र रोहित शर्माको कप्तानीमा भारतले विश्व खिताब जितेको थियो। भारतीय महिला क्रिकेट टीमले यसअघि २००५ र २०१७-मा पनि महिला वर्ल्ड कपको फाइनलमा स्थान बनाएको थियो तर दुवै अवसरमा टीम उपविजेता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement