एनसीसी सेलिंग अभियान: फरक्का देखि कोलकाता सम्म ऐतिहासिक यात्रा शुरु

कोलकाता: रोमाञ्च, अनुशासन र राष्ट्रिय गौरवको अद्भुत उदाहरण प्रस्तुत गर्दै पश्चिम बंगाल तथा सिक्किम निर्देशकालयका ६० नौसैनिक एनसीसी क्याडेटहरूले बिहीबार फरक्का देखि कोलकाता सम्म प्रेरणादायी सेलिंग अभियान शुरु गरे।
गंगा नदीको माध्यमबाट लगभग ४०० किलोमिटरभन्दा बढीको २० दिनको यो यात्रा राष्ट्रका लागि समर्पित छ र “वन्दे मातरम्” का १५० वर्ष पूरा हुने अवसरमा देशको एकता र देशभक्तिको भावना प्रवद्र्धन गर्ने विशेष श्रद्धाञ्जली हो।
यस अभियानको उद्देश्य राष्ट्रिय क्याडेट कोर (एनसीसी) का मूल्य—टीमवर्क, धैर्य, नेतृत्व र अनुशासन—लाई प्रदर्शन गर्नु हो। क्याडेटहरूले गंगाको प्रवाहमा नौकायन गर्दा आफ्नो शारीरिक र मानसिक सहनशीलताको परीक्षा लिनेछन् र नदी किनारका समुदायहरूसँग संवाद स्थापित गर्नेछन्।
यात्राको क्रममा क्याडेटहरूले सामाजिक सेवा र सामुदायिक विकास गतिविधिहरूमा भाग लिनेछन्। यसमा सचेतना अभियान, सरसफाइ अभियान, रूखरोपण र स्थानीय युवाहरूसँग संवाद जस्ता पहलहरू समावेश छन्, जसले नागरिक जिम्मेवारी र राष्ट्रिय एकताको भावना प्रवद्र्धन गर्नेछ।
एनसीसीको यो प्रयास परम्परा, साहस र सेवाको भावनाको संगम हो। फरक्का देखि सुरु भएको यो ऐतिहासिक नौकायन यात्रा कोलकाता पुग्दा देशभर एकता, देशभक्ति र वातावरण संरक्षणको सन्देश फैलाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement