दिग्गज जोकोविच र कोको गौफ विजयी

नयाँ दिल्ली: नोवाक जोकोविचले ग्रीसमा ३० सालभन्दा अधिक समयपछि आयोजित कुनै शीर्ष स्तरको टेनिस टुर्नामेण्टमा हिस्सा लिँदै शुरुमा संघर्ष गरेपछि सीधा सेटमा जीत हासिल गरी हेलेनिक च्याम्पियनशीपको क्वार्टर फाइनलमा प्रवेश गरे। ग्रीसमा १९९४ पछि पहिलोपल्ट आयोजित गरिएको एलीट स्तरको टुर्नामेण्टको पहिलो राउण्डमा जोकोविचले चिलीका एलेजान्द्रो ताबिलोलाई ७-६ (३), ६-१-ले पराजित गरे। पहिलो सेटमा दुवै खेलाड़ीले दबाउमा आफ्नो सर्विस कायम राखे अनि जोकोविचले टाईब्रेकरमा जीत हासिल गरे। दोस्रो सेटमा शीर्ष वरीयता प्राप्त सर्बियाई खेलाड़ीले २ पल्ट ताबिलोको सर्विस तोड़े अनि ९० मिनटमा म्याच जिते। यस सालको शुरुवातमा आफ्नो परिवारसँग एथेन्समा बसाई सर्ने जोकोविचले म्याचपछि भने, एथेन्समा खेल्नु वास्तवमा घर जस्तो लाग्छ। यहाँका मानिसहरूका व्यवहारले मनलाई छोयो।
यसरी गत च्याम्पियन कोको गौफले जेस्मिन पाओलिनीलाई ६-३, ६-२-ले पराजित गरी डब्ल्यूटीए फाइनल्स टेनिस टुर्नामेण्टको सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनाहरूलाई जीवित राखिन्। गौफले टुर्नामेण्टको शुरुवाती म्याचमा जेसिका पेगुलाविरुद्ध ३ सेटको म्याचमा हारको सामना गर्नु परेको थियो। उनको अघिल्लो म्याच शीर्ष ऱ्याङकिंग भएकी आर्यना सबालेंकाविरुद्ध रहेको छ। सेमिफाइनलमा प्रवेश गर्न उनले सबालेंकाविरुद्ध जसरी भए पनि जीत हासिल गर्नु पर्नेछ। सबालेंकाले पेगुलालाई ६-४, २-६, ६-३-ले पराजित गरी अगावै सेमिफाइनलमा प्रवेश गरिसकेकी छन्। पाओलिनी लगातार २ वटा म्याचमा पराजित भएर सेमिफाइनलको रेसबाट बाहिर भइसकेकी छन्। अब उनले आफ्नी जोड़ीदार सारा इरानीसँग यस प्रतियोगितामा युगल म्याच खेल्नेछिन्।

About Author

Advertisement