एशिया कप विवादमा हारिस रऊफ २ वटा म्याचको निम्ति निलम्बित, सूर्यकुमारलाई कड़ा चेताउनी

IMG-20251105-WA0004

नयाँ दिल्ली: एशिया कप २०२५-को अवधि भएको विवादमाथि सुनुवाई गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले पाकिस्तानका पेस बलर हारिस रऊफलाई २ वटा म्याचको निम्ति निलम्बित गऱ्यो। यसरी उनले दक्षिण अफ्रिकाविरुद्ध जारी वनडे सीरीजको पहिलो २ वटा म्याच खेल्न सक्नेछैनन्। यसको साथमा खेलको वैश्विक संस्थाले भारतीय टी२० टीमका कप्तान सूर्यकुमार यादवलाई पनि आईसीसी आचार संहिताको उल्लंघन गरेको दोषी पायो अनि उनीमाथि पनि वित्तीय जरिमाना लगाइएको छ। एशिया कपको अवधि भारत र पाकिस्तानबीच ३ पल्ट भिड़न्त भएको थियो अनि तीनैवटा दुवै टीमका खेलाड़ीहरूबीच मैदानमा तनाउ देखिएको थियो। भारतले फाइनलमा पाकिस्तानलाई पराजित गरी खिताब जितेको थियो तर एशिया कपको ट्रफी चाहिँ भारतीय टीमलाई अहिलेसम्म हासिल भएको छैन। पाकिस्तानी पेस बलर रऊफलाई भारतविरुद्ध २ वटा म्याचमा २ पल्ट आचार संहिताको उल्लंघन गरेकोमा दुवै अवसरको निम्ति म्याच फीसको ३०-३० प्रतिशत जरिमाना लगाइएको छ। यसको साथमा उनको खातामा २-२ गरेर जम्मा ४ डिमेरिट पोइण्ट्स पनि थोपिएको हुनाले रऊफमाथि २ वटा म्याचको प्रतिबन्ध लगाइएको छ। रऊफलाई पहिला भारतविरुद्ध २१ सेप्टेम्बरमा खेलिएको म्याचमा आईसीसी संविधानको २.२१ अनुच्छेद अन्तर्गत खेलको छविलाई नोक्सान पुऱ्याएको दोषी पाइएको थियो। यसैकारण उनीमाथि म्याच फीसको ३० प्रतिशत जरिमाना र २ डिमेरिट पोइण्ट्सको थोपिएको थियो। त्यसपछि भारतविरुद्ध २८ सेप्टेम्बरमा खेलिएको म्याचमा पनि त्यही गल्ती दोहोऱ्याउँदा रऊफमाथि फेरि म्याच फीसको ३० प्रतिशत जरिमाना र २ डिमेरिट पोइण्ट्स लगाइएको थियो।

यसरी भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि आईसीसीले कड़ा चेताउनी दिँदै उनीमाथि म्याच फीसको ३० प्रतिशत जरिमाना लगाएको छ। सूर्यकुमारले म्याचपछि भारतीय सेनाको समर्थनमा र पहलगाम आतंकी हमलामा पीड़ितहरूप्रति सहानुभूति व्यक्त गर्दै बयान दिएका थिए, जसलाई आईसीसीले खेलको प्रतिष्ठालाई ठेस पुऱ्याउने पायो। सूर्यकुमारको खाता पनि २ डिमेरिट पोइण्ट लगाइएको छ। पाकिस्तानका ओपनिंग ब्याटर साहिबजादा फरहानलाई पनि आईसीसीले चेताउनी दिँदै उनको खातामा १ डिमेरिट पोइण्ट जोड़ेको छ। फरहानले टुर्नामेण्टमा अर्द्धशतकपछि गनफायर सेलिब्रेशन गरेर विवाद सृष्टि गरेका थिए। भारतीय पेस बलर जसप्रीत बुमराहलाई पनि आईसीसीले कड़ा चेताउनी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement