काठमाडौं: निकोलस भुसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो। उनलाई आज गोरखा नगरपालिका-८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ। भुसालले सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रहरीले उनीमाथि कडा निगरानी गरिरहेको छ।









