मुम्बई: महिला वनडे वर्ल्ड कप २०२५-को फाइनलमा केवल भारतको जीतको कहानी नभएर युवा शेफाली वर्माकी पुनर्जन्म जस्तो गाथा रह्यो। फाइनलको ६ दिन अघिसम्म पनि उनको नाम भारतीय टीमको वर्ल्ड कप स्क्वाडमा रहेको थिएन तर भाग्य बद्लिन अधिक समय लागेन। फर्ममा रहने ओपनर प्रतिका रावल चोटले गर्दा टुर्नामेण्टबाट बाहिर हुँदा शेफालीलाई टीममा सामेल गरियो अनि उनले मौकालाई काममा लगाउँदै इतिहास रचिन्। २१ वर्ष र २७९ दिन उमेरकी शेफाली वर्मा वर्ल्ड कप फाइनल (पुरुष या महिला)-मा प्लेयर अव् द म्याच बन्ने सबैभन्दा युवा क्रिकेटर बनिन्। यो त्यही शेफाली हुन्, जसलाई केही महिना अघिसम्म पनि भारतीय वनडे सेटअपबाट बाहिर मानिएको थियो। वर्ल्ड कपको निम्ति टीमको चयन गरिँदा उनकी नाममा चर्चासम्म पनि भएको थिएन तर अहिले उनकै नाम भारतीय क्रिकेटको स्वर्ण अक्षरहरूमा दर्ता भएको छ। शेफालीले फाइनल अघि आफ्नो अन्तिम वनडे अर्द्धशतक जुलाई २०२२-मा बनाएकी थिइन्। त्यसपछि १३ वटा ईनिंग्समा उनले एउटा अर्द्धशतक पनि बनाएकी थिइनन् अनि ६ पल्ट त दहाईको आँकड़ासम्म पनि पुग्न सकेकी थिइनन् तर उनले हार मानिनन्। उनले हरियाणाको निम्ति घरेलु क्रिकेटमा असाधारण प्रदर्शन गरिन्। शेफालीले २०२४-२५ सीजनमा ७५.२८-को औसत र १५२-को स्ट्राईक रेटले रन बनाइन् अनि डब्ल्यूपीएल २०२५-मा चौथो सर्वाधिक रन बनाउने खेलाड़ी रहेकी थिइन्।
अन्तमा गएर भाग्यले दैलो खोल्दा शेफालीले त्यसको भरपूर फाइदा उठाइन्। अष्ट्रेलियाविरुद्ध सेमिफाइनलमा असाधारण पुनरागमनपछि उनले फाइनलमा अर्द्धशतक बनाइन्। फाइनलमा शेफालीलाई भाग्यले पनि साथ दियो अनि ५६ रनको व्यक्तिगत स्कोरमा दक्षिण अफ्रिकाकी एनेके बशले उनको क्याच फुत्काइन्। शेफालीले त्यस मौकाको फाइदा उठाउँदै भारतलाई ५२ सालपछि महिला वर्ल्ड कप च्याम्पियन बनाउन्। यस जीवनदानको फाइदा उठाउँदै शेफालीले ७८ बलमा ७ वटा चौका र २ वटा छक्काको सहायताले ८७ रन बनाइन्। यसबाहेक उनले दक्षिण अफ्रिकाको ईनिंग्समा मारिजाने काप र सुने लूसकी महत्त्वपूर्ण विकेट पनि हासिल गरिन्। म्याचपछि शेफालीले भावुक स्वरमा भनिन्, भगवानले मलाई केही असल काम गर्न पठाएका हुन् भन्ने मैले पहिला नै भनेकी थिएँ। त्यो आज सत्य भयो। म धेरै खुशी छु कारण हामीले वर्ल्ड कप जितेकी छौं। यस खुशीलाई शब्दहरूमा बयान गर्न सकिँदैन। टीममा ढिलो गरी बोलाइएपछि फोकस गर्नु मुश्किल थियो तर मैले आफूमाथि भरोसा राखे। यसबाहेक माता-पिता, भाई र साथीहरूले धेरै समर्थन गरे। म शान्त रहेर आफ्नो खेलमाथि भरोसा गर्न चाहन्थे। आज मेरो रणनीति सफल भयो। शेफालीले सीनियर ब्याटर स्मृति मन्धना र कप्तान हरमनप्रीत कौर प्रति पनि कृतज्ञता व्यक्त गरिन्। उनले भनिन्, स्मृति दीदीले मसँग लगातार कुराकानी गरिरहेकी थिइन् जबकि हरमन दीदीले मलाई सदा समर्थन गरिन्। सीनियर्सले मलाई नीडर भएर आफ्नो खेल खेल्न प्रोत्साहित गरिन्। यति भरोसा प्राप्त भएपछि तपाईंको काम मैदानमा गएर खेलको आनन्द लिने मात्र हुन्छ। शेफालीले सचिन तेन्दुलकर उनकी प्रेरणास्रोत रहेको बताइन्। उनले भनिन्, सचिन सर बालकनीमा थिए अनि उनलाई देखेर अलग जोश आयो। म उनीसँग कुराकानी गरिरहन्छु। उनले सदा आत्मविश्वास दिन्छन्। फाइनलमा उनलाई देखेर मेरो मेहनत सार्थक भएको जस्तो लाग्यो।








