नयाँ दिल्ली: भारतीय ब्याटर श्रेयस अय्यरलाई शनिवार सिडनीको अस्पतालबाट छुट्टी दिइयो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यसको पुष्टि गरेको छ। यसको साथमा बोर्डले उनको स्वास्थ्यबारे अपडेट पनि दिएको छ। अष्ट्रेलियाविरुद्ध तेस्रो वनडे इण्टरनेशनल म्याचको अवधि श्रेयसको करंगमा चोट लागेको थियो। ब्याकवर्ड पोइण्टबाट पछि दगुरेर क्याच लिँदा उनी मैदानमा लड़ेका थिए। मैदानमा स्थिति बिग्रिएपछि उनलाई नजिकको अस्पतालमा लगिएको थियो अनि केही दिन आईसीयू-मा पनि राखिएको थियो। शनिवार बीसीसीआई-ले बताएअनुसार, अहिले उनी फिट छन् अनि अस्पतालबाट छुट्टी दिइएको छ। वास्तवमा मैदानमा लड़दा उनको फियो (स्प्लिन)-मा चोट लागेर आन्तरिक रक्तस्राव शुरु भएको थियो। यसैकारण उनलाई आईसीयू-मा राखिएको थियो। उनी चाँड़ै आईसीयू-बाट बाहिर पनि आएका थिए तर अस्पतालमा उपचार जारी रहेको थियो। बीसीसीआईद्वारा जारी बयानमा भनिएको छ, श्रेयस अय्यरलाई २५ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेलिएको तेस्रो वनडे म्याचको अवधि क्याच लिँदा गम्भीर चोट लागेको थियो। मैदानमा लड़दा उनको फियोमा चोट लागेर अन्तरिक रक्तस्राव शुरु भएको थियो। त्यसपछि उनको उचित उपचार गरियो। अहिले श्रेयसको स्थिति स्थिर छ अनि उनी ठीक भइरहेका छन्। बीसीसीआईको मेडिकल टीम, सिडनी र भारतका विशेषज्ञहरू उनको स्वास्थ्यमा सुधारसँग सन्तुष्ट छन् अनि उनलाई आज अस्तपालबाट छुट्टी दिइयो। बीसीसीआई सिडनीमा डा. कौरौश हाघीगी र उनको टीमको साथ-साथ भारतमा डा. दिनशा पारदीवालालाई हार्दिक आभार व्यक्त गर्दछ, जसले श्रेयसको सर्वोत्तम उपचार सुनिश्चित गरे। श्रेयस उपचार जारी रहुञ्जेल सिडनीमै बस्नेछन् अनि फिट भएपछि मात्र भारत फर्किनेछन्। उल्लेखनीय छ, ३० वर्षीय श्रेयस अहिले वनडे प्रारूपमा मात्र खेलिरहेका छन्। कम्मरको समस्याले गर्दा उनले केही समय टेस्ट क्रिकेटमा नखेल्ने फसेला गरेका छन् अनि उनी अहिले भारतको टी२० टीमको हिस्सा छैनन्। अस्पतालबाट छुट्टी पाए पनि उनी कहिलेसम्म मैदानमा फर्किनेछन् भन्ने चाहिँ तय छैन।








