रोहन बोपन्नाले सन्न्यास लिनको साथै टेनिसको एउटा सुनौलो युगको अन्त

नयाँ दिल्ली: भारतीय टेनिसका सबैभन्दा प्रतिष्ठित व्यक्तित्वहरूमा एक रोहन बोपन्नाले ४५ वर्षको उमेरमा पेशादार टेनिसबाट सन्न्यासको घोषणा गरे। बीस वर्षभन्दा लामो करियरमा उनले भारतलाई एकाधिक ऐतिहासिक पलहरू दिए अनि स्वयंलाई भारतीय टेनिसको स्थायी अनुहार बनाए। रोहनको करियर प्रेरणा र निरन्तरताको उदाहरण रह्यो। उनले २० सालभन्दा अधिक समयसम्म टेनिसको शीर्ष स्तरमा भारतको शीर उच्च राखे। डबल्स स्पेशलिष्टको रूपमा उनको गन्ती विश्वका सर्वश्रेष्ठ खेलाड़ीहरूमा गरिन्छ। उनले दुईवटा ग्राण्ड स्ल्याम खिताब जित्नको साथै धेरैपल्ट भारतीय ध्वजलाई अन्तर्राष्ट्रिय मञ्चमा फहर्याए। उनको संयम, खेल भावना र फिटनेसले उमेर केवल एउटा संख्या हो भन्ने कुरालाई साबित गऱ्यो। उनले ४० भन्दा अधिकको उमेरमा पनि ग्राण्ड स्ल्याम खिताब जितेर युवा पीढ़ीको निम्ति उदाहरण पेश गरे। बोपन्नाले २०१७-मा गेब्रिएला डोब्रोव्स्कीसँग मिलेर फ्रेञ्च ओपनमा मिश्रित युगल खिताब जितेका थिए। यसरी उनले २०२४-मा म्याथ्यू एबडनसँग अष्ट्रेलियन ओपनमा पुरुष युगलको खिताब जितेर इतिहास रचेका थिए। बोपन्नाले खेलबाट सन्न्यासको घोषणा सोशल मीडियामा गरे। उनले लेखेका छन्, जुन चीजले मलाई जीवनको अर्थ दियो, त्यसबाट बिदा कसरी लिनु? २० अविस्मरणीय सालहरूपछि अहिले आफ्नो र्‍याकेट अधिकारिक रूपमा टांग्ने समय आएको छ। कूर्गमा आफ्नो सर्वलाई मजबूत गर्न दाउरा काटेकोदेखि लिएर विश्वको सबैभन्दा ठूलो एरेनाको प्रकाशमा उभिनुसम्म, यो सब अविश्वसनीय लाग्छ। भारतको प्रतिनिधित्व गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान रह्यो। कोर्टमा ओर्लिँदा मैले जहिले पनि तिरंगा, त्यसको भावना र गर्वको साथ खेले।
बोपन्नाले अझ लेखेका छन्, शायद म अब प्रतिस्पर्धादेखि टाढा गइरहेको छु तर टेनिससँग मेरो कहानी खतम भएको छैन। यस खेलले मलाई सबैथोक दियो अनि अब म त्यसलाई फर्काउन चाहन्छु। यसले ससाना शहरहरूबाट आउने युवाहरूले उनीहरूका शुरुवातले उनीहरूका सीमाहरू तय गर्न नसक्ने विश्वास गर्न सक्नेछन्। विश्वास, मेहनत र मनले ठानेर प्रयास गरे सबैथोक सम्भव छ। मेरो आभार अनन्त छ अनि यस सुन्दर खेलप्रति मेरो माया कहिले खतम हुनेछैन। यो अलविदा होइन…..यो धन्यवाद हो, ती सबैलाई जसले मलाई आकार दिए, मेरो मार्गदर्शन गरे, मलाई समर्थन गरे अनि मलाई माया गरे। तपाईंहरू सबै मेरो कहानीको हिस्सा हुनुहुन्छ।बोपन्नाले अन्तिमपल्ट पेरिस मास्टर्स १००० टुर्नामेण्ट खेलेका थिए, जहाँ उनले एलेक्जेण्डर बुब्लिकसँग जोडी बनाएका थिए। पेरिस मास्टर्समा उनी पहिलो राउण्डमै पराजित भएका थिए। बोपन्नाले आफ्नो करियरमा २ वटा ग्राण्ड स्ल्यामको साथमा २६ वटा एटीपी युगल खिताब जिते। यसको साथमा उनले एशियन गेम्समा पनि स्वर्ण पदक जितेका थिए। गत वर्ष अष्ट्रेलियन ओपनको खिताब जितेपछि उनी २९ जनवरीमा विश्वका नम्बर १ खेलाड़ी पनि बनेका थिए। बेपन्ना २०१६ ओलम्पिक गेम्समा मिक्स्ड डबल्सको सेमिफाइनलमा पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement