“दुई महिनापछि हराएकी नाबालिकाको उद्धार, मङपू पुलिसको सफलता”

मङपू: मङपू रेसेपधुरा भश्मेकी १६ वर्षीया नाबालिकालाई, जो गत २५ अगस्टदेखि हराएकी थिइन्, मङपू पुलिस चौकीका प्रभारी ओसी आनन्द सुब्बा र दार्जिलिङ पुलिस टोलीले संयुक्त अभियानमा उद्धार गरेका छन्। उनलाई बिहार राज्यको पूर्वी चम्पारण जिल्लास्थित मोतीहारीबाट सुरक्षित रूपमा फर्काइएको छ।
उद्धार अभियानमा ३६ वर्षीय आदित्य देवलाई पक्राउ गरिएको छ। उद्धार गरिएकी नाबालिकालाई स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइनेछ। स्थानीय बासिन्दा तथा अभिभावकहरूले यसलाई “मङपू पुलिसको ठूलो सफलता” भनेर स्वागत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement