सिक्किममा राष्ट्रिय एकता दिवस विशेष समारोहका साथ मनाइयो

n68722695417619354191769e9ce1d28b417800de54d60f7af7fbb1f708f113b86937c404e9b0e270a44a8d

गान्तोक: राष्ट्रिय एकता दिवसको अवसरमा आज सिक्किमको राजभवनमा विशेष कार्यक्रम आयोजना गरिएको छ। यो दिवस भारतका लौह पुरुष सरदार वल्लभभाई पटेलको जयन्तीको उपलक्ष्यमा मनाइन्छ, जसले देशको एकता र अखण्डतालाई सुदृढ़ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस वर्ष उनको १५०औं जयन्ती मनाइँदैछ।
राजभवनका अनुसार, राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजेले सरदार पटेलको योगदानको स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि अर्पित गरे। कार्यक्रममा राज्यपालका निजी सचिव रतीश चतुर्वेदी, संयुक्त सचिव दिवस गौतम र अन्य अधिकारी तथा कर्मचारीहरू उपस्थित थिए। सबैले पुष्पाञ्जलि अर्पित गर्दै पटेलको सम्झना गरे।
सचिव राजेले उपस्थितलाई सम्बोधन गर्दै सबैलाई राष्ट्रको एकता र अखण्डताको लागि कार्य गर्न आह्वान गरे र सरदार पटेलका विचार तथा योगदान आज पनि प्रेरणास्रोत रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement