बिर्तामोडमा जुवाडे नगदसहित पक्राउ

IMG-20251028-WA0120

बिर्तामोड़: झापाको बिर्तामोडमा ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। आज बिहानको राति १ः४५ बजे बिर्तामोड-४ पश्चिम बस स्ट्यान्ड छेउमा डेरा लिई बस्ने बाह्रदशी ४ बस्ने २९ वर्षीय राजकुमार साहको कोठामा तास खेल्दै गरेका जुवाडेहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा बिर्तामोड २ बस्ने ३८ वर्ष का रतन राजवंशी , सोही ठाउँ बस्ने २६ वर्ष का किशोर पराजुली , ४३ वर्ष का उत्तम शिवाकोटी, ४३ वर्ष का राजन थापा, बिर्तामोड ३ बस्ने ४० वर्ष का डम्बर बस्नेत , सोही ठाउँ बस्ने ४० वर्ष का दिवाकर प्रसाईँ, बिर्तामोड ५ बस्ने ३६ वर्ष का राजेन्द्र चौधरी , बाह्रदशी ४ बस्ने २९वर्ष का राजुकुमार साह र मेचीनगर २ बस्ने २८ वर्ष का नारायण पराजुली रहेका छन्।
तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट नगद रु ७५ हजार ६०० र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ तास बरामद भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement