रूसले युक्रेनी पावर प्लान्टमा आक्रमण गर्दा दुई जनाको मृत्यु, कयौं हाताहात

_133287978_bbc_verify_976_promo_only.png

कोलकाता: युक्रेनका राष्ट्रपति भ्याल्दिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमाथि भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको बताएका छन्। आक्रमणमा परी कैयौं घाइते भएका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा लेखेका छन्, ‘यो स्पष्ट रूपमा आतंक हो। सामान्य मानिसले यसरी युद्ध गर्दैनन्। विश्वले यस रूसी आक्रमणको उचित जवाफ दिनुपर्छ।’
केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताको सम्भावना व्यक्त गरेका थिए। उनले युक्रेन युद्ध अन्त्य गर्ने दिशामा वार्ता हुन सक्ने बताएका थिए।
तर पछि उक्त भेटवार्ता रद्द गरिएको थियो। पुटिन-ट्रम्प वार्ता स्थगित भएपछि रूसी आक्रमणहरू अझ तीव्र भएका युक्रेनले आरोप लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement