कोलकाता: तृणमूल कांग्रेस (टीएमसी) ले पश्चिम बङ्गालमा मतदाता सूचीमा ठूलो मात्रामा अनियमितता भएको भन्दै निर्वाचन आयोग र भारतीय जनता पार्टी (भाजपा) माथि आरोप लगाएको छ।
टीएमसीका नेता कुणाल घोषले पत्रकार सम्मेलनमार्फत भने,
“सन् २००२ को मतदाता सूची र हाल आयोगको वेबसाइटमा प्रकाशित सूचीबीच ठूलो विसङ्गति पाइएको छ। कतिपय क्षेत्रमा सयौं मतदाताको नाम एकैचोटि हराएका छन् — ती सबै एकसाथ त मर्न सक्दैनन्।”
उनले आरोप लगाए कि यो सबै निर्वाचन आयोगका केही अधिकारी र भाजपा कार्यालयबीचको मिलीभगतमा गरिएको हेरफेर हो।
टीएमसीका अनुसार, अशोकनगर क्षेत्रअन्तर्गत गुमा–१ ग्रामपञ्चायतको बूथ नम्बर १५९ मा अहिले शून्य मतदाता देखाइन्छ, तर २००२ मा सोही बूथमा करिब ९०० मतदाता थिए।
यस्तै घटना कूचबिहारका विभिन्न बूथहरूमा पनि पाइएको पार्टीको दाबी छ।
टीएमसीले यो कार्यलाई “पूर्वनियोजित साजिश” बताउँदै पूर्ण रूपमा छानबिन गर्न निर्वाचन आयोगसँग माग गरेको छ।
राज्य मन्त्री चन्द्रिमा भट्टाचार्यले भनिन् “यस अनियमितताबाट केवल विपक्षी होइन, केही भाजपा समर्थक मतदाताहरू पनि प्रभावित भएका छन्, जसले असन्तोष निम्त्याएको छ।”
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




