काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-ले आईपीएलको आउँदो सीजन अघि अभिषेक नायरलाई टीमको नयाँ मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। उनले टीममा चन्द्रकान्त पण्डितको स्थान लिनेछन्, जसले आईपीएल २०२५ सीजनपछि पद छोड़ेका थिए। त्यसपछि फ्रेञ्चाइजीले नायरलाई नै मुख्य प्रशिक्षक बनाउने तय मानिएको छियो अनि बिहीवार केकेआरले आधिकारिक रूपमा यसको घोषणा गऱ्यो। केकेआरका सीईओ वेंकी मैसूरले भने, अभिषेक २०१८-देखि नै काेलकत्ता नाइट राइडर्स सेटअपको महत्त्वपूर्ण हिस्सा रहेका छन्। उनले मैदान भित्र अनि बाहिर हाम्रो निम्ति खेलाड़ीहरू तयार गरेका छन्। उनको खेलको ज्ञान अनि खेलाड़ीहरूसँग असल तालमेल हाम्रो विकासको निम्ति महत्त्वपूर्ण रहेको छ। हामी उनलाई टीमका मुख्य प्रशिक्षक नियुक्त गरेर खुशी छौं। उनको मार्गदर्शनमा केकेआरले सफलताको उँचाई छुने हामीलाई विश्वास छ। उल्लेखनीय छ, मुम्बईका पूर्व अलराउण्डर नायरको केकेआर-सँग लामो सम्बन्ध रहेको छ। भारतीय क्रिकेट टीमको कोचिंग स्टाफको हिस्सा रहने नायरले केकेआर-मा ठूलो जिम्मेवारी पाउन सक्ने चर्चा चलिरहेको थियो अनि यसपाली फ्रेञ्चाइजीले नै यसको आधिकारिक घोषणा गरेको छ। मेण्टर गौतम गम्भीरको उपस्थितिमा केकेआरले आईपीएल २०२४-को खिताब जित्दा नायर सहायक प्रशिक्षक रहेका थिए। केकेआरको निम्ति आईपीएल २०२५-को सीजन चरम निराशाजनक रहेको थियो अनि टीमले १४ वटा लीग म्याचमा केवल ५ वटा जितेको थियो। यसरी टीमले प्लेअफ्-को निम्ति क्वालीफाई गर्न सकेको थिएन।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								



