नयाँ दिल्ली: भारतीय टी२० टीमका कप्तान सूर्यकुमार यादवले अष्ट्रेलियाविरुद्ध केनबरामा खेलिएको पहिलो टी२० म्याचमा ठूलो उपलब्धि हासिल गरे। सूर्यकुमारले टी२० इण्टरनेशनल प्रारूपमा १५० वटा छक्का पूरा गरे। यस माईलखुट्टीसम्म पुग्ने उनी भारतका दोस्रो अनि विश्वका पाँचौं क्रिकेटर बनेका छन्। भारत र अष्ट्रेलियाबीच बुधवार केनबरामा खेलिएको म्याच वर्षाले गर्दा बेनतीजा रह्यो। म्याचमा पहिला ब्याटिंग गर्दै भारतले अभिशेष शर्मालाई शुरुमै गुमाए पनि कप्तान सूर्यकुमारले शुभमन गिलसँग मिलेर असाधारण ब्याटिंग गरे। भारतीय कप्तानले २४ बल खेलेर अविजित ३९ रन बनाए, जसमा ३ वटा चौका र २ वटा छक्का सामेल छ। यी २ वटा छक्काको साथ सूर्यकुमारले टी२०आई-मा आफ्नो १५० छक्का पूरा गरे। उनी टी२० इण्टरनेशनलमा सबैभन्दा तेजीको साथ १५० छक्का लगाउने दोस्रो ब्याटर हुन्। सूर्यकुमारले ८६ वटा ईनिंग्स र १६४९ बलमा यस उपलब्धिलाई हाससिल गरे। यस मामिलामा उनीभन्दा अघि पाकिस्तानका मोहम्मद वसीम रहेका छन्, जसले ६६ वटा ईनिंग्स र १५४३ बलमा १५० वटा टी२०आई छक्का पूरा गरेका थिए। टी२० इण्टरनेशनल प्रारूपमा सूर्यकुमारभन्दा अघि रोहित शर्मा, वसीम, मार्टिन गप्टिल र जोस बटलरले १५० या त्यसभन्दा अधिक छक्का लगाइसकेका छन्। यस प्रारूपमा सर्वाधिक २०५ वटा छक्का लगाउने रेकर्ड रोहितको नाममा रहेको छ। यसरी वसीमले १८७, गप्टिलले १७३ र बटलरले १७२ वटा छक्का लगाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




