अस्पतालबाट प्रशंसकहरूलाई श्रेयसको विशेष सन्देश

IMG-20251030-WA0077

नयाँ दिल्ली: टीम इण्डियाका स्टार ब्याटर श्रेयस अय्यर अहिले गम्भीर चोटसँग जुझिरहेका छन्। अष्ट्रेलियाविरुद्ध सिडनीमा खेलिएको तेस्रो वनडे इण्टरनेशनल म्याचको अवधि उनलाई चोट लागेको थियो, जसले उनको फियो (स्प्लीन)-मा कट लागेर आन्तरिक रक्तस्राव शुरु भएको थियो। स्थिति बिग्रिएपछि उनलाई तुरन्तै अस्पालमा भर्ना गरिएको थियो अनि पछिबाट आईसीयू-मा पनि राखिएको थियो। चोटले गर्दा अस्पतालमा भर्ना भएपछि श्रेयसको प्रशंसकहरूका नाममा पहिलो सन्देश अघि आएको छ। उनले आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा स्टोरी लगाएर प्रशंसकहरूलाई सन्देश दिएका छन्। श्रेयसले लेखेका छन्, म अहिले रिकवरी प्रक्रियामा छु अनि हरेक दिनको साथ असल अनुभव गरिरहेको छु। मलाई प्राप्त भएको सबै शुभकामना र सहयोगको निम्ति मनबाट आभारी छु। यो मेरो निम्ति ठूलो कुरा हो। मलाई आफ्नो प्रार्थनाहरू र सोचमा राखेकोमा धन्यवाद। यसबीच बीसीसीआई-ले आफ्नो आधिकारिक बयानमा भनेको छ, २५ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध तेस्रो वनडे म्याचको अवधि पेटमा लागेको चोटले गर्दा श्रेयस अय्यरको स्प्लीनमा कट र आन्तरिक रक्तस्राव भएको छ। चोटको तुरन्त पहिचार भयो अनि रक्तस्रावलाई नियन्त्रित गरियो। अहिले उनको स्थिति स्थिर छ अनि डाक्टरहरूको नजरमा रहेका छन्। गत २८ अक्टोबरमा गरिएको स्क्यानमा स्थितिमा सुधार आएको अनि उनी रिकवरीको मार्गमा रहेको थाहा लाग्यो। यसको साथमा बीसीसीआई-ले मेडिकल टीमले सिडनी र भारतका विशेषज्ञहरूसँग मिलेर लगातार श्रेयसको स्वास्थ्यमाथि नजर राखिरहेको पनि स्पष्ट गऱ्यो। बीसीसीआई-का एकजना अधिकारीले भने, हामीले श्रेयसको स्थितिमाथि लगातार नजर राखिरहेका छौं। अहिले उनी जनवरीसम्म फिट हुने सम्भावना छ। भारत फर्किनको निम्ति फिट नभएसम्म उनी सिडनीमै बस्नेछन्। बीसीसीआई-को यस बयानले श्रेयस जनवरी २०२६ भन्दा अघि मैदानमा फर्किने सम्भावना नरहेको स्पष्ट हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement