सिडनी: भारतका स्टार ओपनिंग ब्याटर रोहित शर्मा बुधवार ३८ साल र १८२ दिनको उमेरमा आईसीसी वनडे ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा पुग्ने सबैभन्दा अधिक उमेरको खेलाड़ी बने। रोहितले भारतीय टीमका वर्तमान कप्तान शुभमन गिललाई पछि छोड़ेर आफ्नो करियरमा पहिलोपल्ट यस उपलब्धिलाई हासिल गरे। अष्ट्रेलियाविरुद्ध हालै समाप्त वनडे सीरीजको अन्तिम दुईवटा म्याचमा रोहितको असाधारण प्रदर्शनले रोहितलाई शीर्ष स्थानमा पुऱ्यायो। रोहितले एडिलेडमा ९७ बलमा ७३ रन र सिडनीमा खेलिएको तेस्रो म्याचमा १२५ बलमा अविजित १२१ रन बनाएका थिए। यी दुईवटा ईनिंग्सबाट उनलाई ३६ रेटिंग पोइण्ट्स हासिल भयो अनि उनी ७८१ पोइण्ट्सको साथ शीर्ष स्थानमा पुगे। यसको साथै रोहित महान सचिन तेन्दुलकर, एमएस धोनी, विराट कोहली र गिलपछि आईसीसी वनडे ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष स्थानमा पुग्ने पाँचौं भारतीय ब्याटर बने। कप्तान गिललाई चाहिँ खराब प्रदर्शनले गर्दा ऱ्याङकिंगमा नोक्सान भएको छ। उनले अष्ट्रेलियाविरुद्ध ३ वटा म्याचमा क्रमशः १०, ९ र २४ रन बनाए अनि अहिले उनी शीर्षबाट झरेर तेस्रो स्थानमा पुगेका छन्। यसरी सीरीजको पहिलो २ वटा म्याचमा खाता पनि नखोलेपछि सिडनीमा अविजित ७४ रन बनाउने कोहली पनि एक स्थान झरेर छैटौं स्थानमा पुगेका छन्। यसबीच उपकप्तान श्रेयस अय्यर चाहिँ एक स्थानको फाइदासहित नवौं स्थानमा पुगेका छन्। अक्षर पटेल अलराउण्डरहरूका सूचीमा चार स्थानको फाइदासहित आठौं जबकि बलरहरूका सूचीमा ६ स्थानको फाइदासहित ३१औं स्थानमा पुगेका छन्।









